बुटवल । सैनामैना नगरपालिकाको पर्रोहा पर्मेश्वर आधारभूत विद्यालयको प्रगंणमा आजदेखि मधुमेह र थाईराइड निशुल्क मधुमेह स्क्रिनिङ र थाइरोइड परामर्श शिविर सुरु भएको छ ।
रोटरी क्लव अफ बुटवल,रोटरी क्लव अफ सैनामैना र काठमाण्डौ डायबृटिज एण्ड थाइरोइड सेण्टर प्रा.लि.को आयोजना र बिभिन्न रोट््याक्ट क्लवको सहयोगमा २ दिने शिबिर सुरु भएको हो ।शिविरमा आज पहिलो दिन थाइराइडको समस्या भएका २ सय ७८ जना तथा मधुमेहको समस्या भएका ४ सय ४१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष दिलिप भट्टराईले उदघाटन गर्नु भएको निशुल्क शिबिरमा काठमाडौ थाइराइड तथा डाइबिटिज सेन्टर प्रा.लि.सहित चिकित्सक डा.अम्शु माली जोशीलगायत १० जनाको चिकित्सकको टिमले स्वास्थ्य परीक्षण गरेको थियो । भोलि दोस्रो दिन प्राप्त रिपोर्टका आधारमा चिकित्सकबाट थाइराइड परामर्श सेवा प्रदान हुने छ भने डाइबिटिज परीक्षण निरन्तर जारी रहने रोटरी क्लव अफ बुटवलका अध्यक्ष अध्यक्ष डा.नारायण पन्थले जानकारी दिनुभयो।रोटरी क्लव अफ बुटवलका अध्यक्ष डा.पन्थको अध्यक्षतामा भएको शिबिर उदघाटन कार्यक्रममा, रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष खुशीराम चौधरी, एशियन फर्मा््टकल्स प्रा.लि.का प्रवन्ध निर्देशक हुतानन्द खनाल लगायतले बोल्नु भएको थियो ।