रोहिणीमा अन्र्तराष्ट्रिय महिला दिवस मनाईयो

प्रकाशित मिति:

रुपन्देही /रोहिणी गाउँपालिकामा “लैंगिक समानताको लागी समान सोच र ब्यवहार ः समृद्धिको आधार” भन्ने मूल नारा सहित १०९ औं अन्र्तराष्ट्रिय महिला दिवस मनाईएको छ ।रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धकधईको आयोजना तथा दिगो सामुदायिक बिकासका निम्ति एकताको सहयोगमा गाउँपालिका स्तरिय कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्माले बताईन ।कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अहिले पनि महिला हिंसाको मूख्य कारण बाल विवाह र दाईजो प्रथा रहेको कारण सबैलाई यसको बिरोध गर्न आग्रह गरे । उनले गाउँपालिकाले यस बिषयमा योजना नै बनाई अगाडी बढेको र आम जनताको साथ पनि उत्तिकै अपरिहार्य रहेको बताए ।

एक दिन मात्र हैन रोहिणी गाउँपालिका महिलाको हक अधिकारको बिषयमा सदैव अग्रपंक्तिमा रहेको उनले बताए । यस्तै रोहिणी गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डेले महिला १ कुलको मात्र नभई २ वटा परिवार चलाउने भएको हुदा उनिहरुलाई समान अधिकारको साथै सम्मान दिनु पर्ने धारणा राखे ।गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षता, उपाध्यक्ष शिवकान्ती हरिजनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला स्वयम सेविका सरस्वती विश्वकर्मा, शिक्षिका पूर्णिमा रौनियार, बिद्यार्थी सुमित्रा घर्ति लगायतले बोल्दै महिलालाई दया भन्दा पनि अवसरको खाँचो रहेको बताए । अवसर पाए आजका महिला कोही भन्दा कम नरहेको उनिहरुको भनाई थियो ।

कार्यक्तमको सञ्चालन गाउँपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख राजकुमार मिश्राले गरेका थिए । कार्यक्रमको अवसर पारी बिभिन्न बिधामा समाजमा सहयोग पुयाउने महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।कार्यक्रम अघि रोहिणी गाउँपालिका, गाउँ कार्यपालिकाबाट ¥यालीको आयोजना गरि धकधई बजार परिक्रमा गरि रामनरेश यादव आदर्श माध्यमिक बिद्यालयमा कार्यक्रममा परिणत भएको थियो ।