१०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल। १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रशिक्षण कार्यक्रम तिलोत्तमा नगरपालिका नेपथ्य कलेजमा सम्पन्न भएको छ ।नमस्ते नेपालको आयोजनामा संस्थाका महिला सदस्यहरुको तेतृत्व क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको हो ।कार्यक्रममा महिला नेतृद्वय सरिता श्रीस र पत्रकार लक्ष्मी केसीले संस्थाका महिला सदस्यहरुलाई महिला सशक्तिकरणको बारेमा प्रशिक्षण गरे । उनिहरुले महिला हिंसाका घटनाहरु घटिरहदासमेत अहिलेको समयमा नारीहरु अझै पनि समाज बाट अपहेलित हुनुपरेको गुनासो गरे ।

कार्यक्रममा जनता टेलिभिजनकि प्रदेश प्रमुखसमेत रहेकी केसि र नेतृ श्रीसले महिला पनि देशको उच्च ओहोदामा भएको कारण अरु महिला हरु पनि त्यही अनुसार अगाडि बढ्न सक्नुपर्ने बताए ।अध्यक्ष अर्जुन खरेलले नमस्ते नेपालमा महिला संख्या पुरुषको तुलनामा धेरै भएको बताउँर्दै संस्थाका महिलाहरुलाई अन्तराट्रिय नारी दिवसको शुभकामना दिए ।कार्यक्रममा नेतृद्वय सरिता श्रीस र पत्रकारहरु लक्ष्मी केसि , सन्तकुमार श्रेष्ठको विशिस्ट आतिथ्यता रहेको थियो भने नमस्ते नेपालका अध्यक्ष्य अर्जुन खरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको संचालन सदस्य निराजन खरेलको रहेको थियो ।