सचेतना मुलक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल /लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा शनिबार साईनिङ्ग स्टार इ। बो। स्कुल दिपनगर बुटवलमा बाल क्यान्सर सचेतना तथा योग ध्यान मेडिटेसन कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष नारायण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पिडिजि एमजेएफ लायन महेन्द्र नारायण श्रेष्ठको प्रमुख आतिथ्य, स्कुलका प्राचार्य रूक्माङ्गत गैरेको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा क्लबका शम्भु पाण्डेले स्वागत तथा कार्यक्रमबारे प्रकास पार्नु भयो भने क्षितिज प्रधानले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

सो सचेतना मुलुक कार्यक्रममा विद्यालयका ४१ जना विद्यार्थी सहभागी भएका थिए । बाल रोग बिशेषज्ञ डाक्टर नेत्र रानाले बाल क्यान्सरको बारेमा र प्राकृतिक चिकित्सक ध्रुवकुमार घिमिरेले योग ध्यानको बारेमा प्रशिक्षण दिनु भएको थियो । प्रमुख अतिथि श्रेष्ठले लायन्स क्लब अफ बुटवल क्षितिजको यो कार्यक्रम तथा अन्य कार्यक्रम डिस्ट्रिकमै उल्लेख्य रहेको भन्दै खुलेर प्रसंशा गर्नु भएको थियो । सो कार्यक्रममा अतिथिहरुको अलबा क्लबका सस्थापक अध्यक्ष राजिब श्रेष्ठ, निबर्तमान अध्यक्ष मिलन कुमार पुन लगायतले आ(आफ्नो बिचार राख्नु भएको कुरा क्लबका सचिव कृष्ण गाउँलेले बताउनु भयो ।