बुटवल /मदन भण्डारी अध्ययन केन्द्र तिलोत्तमाको बिस्तारी बैठक आज गणेशनगर मक्रहरमा बसेको छ |पाका कम्युनिष्ट नेता तथा अध्ययन केन्द्र का नगर अध्यक्ष देवि पाण्डेको अध्यक्षमा बसेको बैठकले नगर कमिटीमा थप मनोनय, सचिवालय मनोनयन, आर्थिक सहयोग संकलन, कार्यविभाजन तथा आगामी कार्यक्रमहरु तय गरेको छ ।
नेकपा जिल्ला नेता पुरुषोत्तम घिमिरेको प्रमुख आतिथ्यतामा बसेको उक्त बैठकले आगामी चैत्र बैशाख सम्म वडा तहका कमिटी बनाउने र मदन स्मृति दिवसमा जेष्ठ ३ गते पार्टी सदस्य तहसम्म प्रशिक्षण आयोजना गर्ने निर्णय गरिएको छ ।कार्यक्रममा बोल्दै मदन भण्डारी अध्ययन केन्द्रका जिल्ला सल्लाहकार राजु गुरुंगले पार्टीलाई बिधि र पद्धतिमा हिँडाउन पनि वडा तहसम्मका साथी जुर्मुराउन पर्ने बेला आएको बताउनु भयो । माथिकाले जेगरे पनि राम्रो मान्ने र हनुमानतन्त्रको संष्कार बसालेर वैचारिक आलोचनात्मक चेत निष्तेज पारेर जनता र लोकतन्त्रको जित हुँदैन भन्नु भयो ।कार्यक्रमका बिशिष्ट अतिथिी मदन भण्डारी अध्ययन केन्द्र रुपन्देही अध्यक्ष सिद्धिचरण भटराई मदन भण्डारी अध्ययन केन्द्रका केन्द्र र जिल्लाका गतिविधी एवं भावि योजना बारे स्पष्ट पार्दै समाजवाद ल्याउन तम्सिएको पार्टीको स्वरुप, संगठन, शैली त्यस्तै बनाउन बैचारिक अभियान आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा अध्ययनकेन्द्र सचिव युवराज न्यौपाने, नेकपा तिलोत्तमाका सचिव लक्ष्मण खनाल, टंक पोखरेल, सरिताा श्रीस लगायतको उपस्थिती थियो । कार्यक्रममा माधव पाठकले स्वागत मन्तव्य राख्नु भएको थियो ।












