इट्टा प्रहार गरी एक बुद्धको हत्या
जिल्लामा एक बृद्धलाई इट्टा प्रहार गरी हत्या गरिएको छ
नारद कोहार कपिलबस्तु, चैत्र ६ जिल्लामा एक बृद्धलाई इट्टा प्रहार गरी हत्या गरिएको छ । कपिलबस्तुको शिवराज नगरपालिका ६ बस्ने ७० वर्षिय त्रिबेणी यादवको हत्या भएको हो । गएराती करिब ३ बजेतीर त्रिवेणीको हत्या भएको आशांका गरिएको छ । पिपरी घर भएका त्रिवेणी केही बर्ष देखी पिपरी चोकमा रहेको गणपती पेट्रोल पम्प अगाडी विरपुर स्वास्थ्य चौकी नजिकै घर बनाई बस्दै आएका थिए । त्रिवेणीको टाँउको र अनुहारमा इटा प्रहार गरी हत्या गरिएको छ । आफ्नै ओछ्यानमा सुती रहेको अवास्थामा उनीमाथी इटा प्रहार गरी विभत्स हत्या गरिएको हो । त्रिवेणीको शब नजिकै अवधी भाषा लेखीएको एक पत्र पनि भेटीएको छ । पत्रमा आर्थिक लेनदेनको विषय रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्ययले जानकारी दिनु भयो । आज विहान स्थानिय छेदी चौधरीले उनको हत्याभएको देखीपछी प्रहरीलाई खबर गरेका थिए । हत्यबारे अनुसान्धन भैरहेको प्रहरीले जनाएको छ । हत्यको विषयमा सत्य तथ्य अनुसान्धन गरी दोषीलाई पक्राउ गरी कडा कार्वाही गर्न उनका परिवारले माग गरेका छन ।












