महायज्ञको आयब्यय विवरण सार्वजनिक

प्रकाशित मिति:

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढिपिडितमा अवस्थित उत्पतेश्वर शिवालय मन्दिरमा गत माघ २७ गते देखी फागुन ८ गते सम्म चलेको शिव महापुराण एवं धनधन्याञ्चल ज्ञान महायज्ञको आयब्यय विवरण शनिबार मन्दिर परिसरमा सार्वजनिक गरिएको छ । महायज्ञ मुल आयोजक समतिका समयोजक केयरसिँह गौतमको अध्यक्षता, प्रदेश नम्बर ५ का सासंद दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता तथा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं बर्दघाट नगर प्रवक्ता रविन्द्र विक्रम हमालको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले महायज्ञबाट उठेको रकम जुन योजनाका लागी गरिएको हो सोही कार्यमा परिचालनगर्नुपर्ने बताउदै यस क्षेत्रका विकासका कार्यहरुमा आफुले प्रदेश सासंदको हैसियतले अधुरो रहन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल आमा महिला समुहकी अध्यक्ष राधिका सापकोटा, धौलागिरि टोल विकास समितीका अध्यक्ष मोहन सापकोटा, बर्दघाट बजार विकास समितिका उपाध्यक्ष सुर्य हितांग लगाएत अतिथिहरुले मन्तब्य राख्नुभएको थियो । सोही अवसरमा मन्दिर ब्यवस्थापन समितिका महासचिव हरिरञ्जन पौडेलले महायज्ञ सञ्चालन अवधिभरिमा ७४ लाख ५२ हजार २ सय ४ रुपैया कुल आमदानी भएकोमा २१ लाख ५७ हजार ८ सय ३५ रुपैया खर्च भई महायज्ञले कुल ५२ लाख ९४ हजार ३ सय ६९ रुपैया रकम संकलन गर्न सफल भएको जानकारी गराउनुभएको थियो । मन्दिर ब्यवस्थापन समतिका उपाध्यक्ष यम बहादुर गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सचालन महासचिव हरिरञ्जन पौडेलले गर्नुभएको थियो ।