रिर्टनी माइग्रेण्ट नेपाल पश्चिम नवलपरासकिो प्रथम जिल्ला भेला शनिबार सुनवल नगरपालिकाको वनकट्टी स्थित सहिद विष्णु पाण्डे स्मृति भवनमा सम्पन्न भएको छ । रिर्टनी माइग्रेण्ट नेपालका प्रदेश नम्बर ५ का प्रदेश सदस्य तथा पश्चिम नवलपरासी समयोजक विश्वराज नेपालको अध्यक्षता तथा प्रदेश न ५ की प्रदेश सदस्य भगवती भणडारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रिर्टनी माइग्रेण्ट नेपालकी केन्द्रिय महासचिव लक्ष्मि प्रसाद आचार्य रहनुभएको थियो भने अतिथीहरु सुनवल वडा नम्बर ५ का वडाध्यक्ष थमसिंह नेपाली, रिर्टनी माइग्रेण्ट नेपालका प्रदेश न ५ अध्यक्ष कृष्ण भुसाल, प्रदेश नम्बर ४ का अध्यक्ष नेत्र थनेत, केन्द्रिय सदस्य सीता बस्याल, भारत प्रबासी नेपाली संघका सस्थापक सदस्य खिमलाल पोखरेल, उधोग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशब भण्डारी, सहिद बिष्णु पाण्डे स्मृति प्रतीष्ठानका अध्यक्ष लोक बहादुर श्रेष्ठ लगाएत रहनुभएको थियो । कार्यक्रममा केशब भण्डारी, लोक बहादुर श्रेष्ठ, थमन सिह नेपाली,नेत्र थनेत लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यस्तै, सोही अवसरमा सम्पन्न भेलाले लेखनाथ न्यौपानेको अध्यक्षतामा १५ सदस्यिय रिर्टनी माइग्रेण्ट नेपाल जिल्ला कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा अनिल कुमार यादव, सचिवमा चण्डी प्रसाद ढकाल, सहसचिव चुडामणि पाठक सविन, कोषाध्यक्षमा दुर्गाप्रसाद भण्डारी रहनुभएको छ । भने सदस्यहरुमा चिन्ता बहादुर विक, यादव अर्याल, जगन्नाथ ढकाल, लक्ष्मणजंग हमाल, निर्दोष बस्याल, दिपक सुनारलागएत रहनुभएको छ । रिर्टनी माइग्रेण्ट नेपालका लेखनाथ न्यौपानेको स्वागत मन्तयबाट सुरु भएको कार्यक्रमको सञ्चालन रिर्टनी माइग्रेण्टका सदस्य चन्डी प्रसाद खनालले गर्नुभएको थियो ।












