धनुषवाणमा सगरमाथा विजयी

प्रकाशित मिति:

बुटवल, ९ चैत । थकाली सेवा समिति–नेपाल बुटवल क्षेत्रले बुटवलमा आयोजना गरेको धनुषबाण प्रतियोगिताको उपाधि सगरमाथा क्लब भलवाडीले जितेको छ । सगरमाथाले ८ टिमलाई पछाडि पारि प्रतियोगिताको उपाधि जितेको हो । सगरमाथाले ९५ अंक ल्याई उपाधि उचालेको हो । थकाली सेवा समिति–नेपाल बुटवल क्षेत्रले थकाली समुदायको महान पर्व च्योङजी तोरन्ह (फागु पूर्णिमा)को पावन अवसरमा
धनुषबाण प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगितामा खैरेनी युवा क्लव द्धितीय,सैनामैना युवा क्लव तृतीय र स्याउलाकाङ प्यूठानले सान्त्वना स्थान हासिल गरेका थिए । विजयी प्रतियोगीले क्रमशः२० हजार,१२ हजार र ८ हजार नगद,मेदल र सम्मान पत्रले सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि समितिका केन्द्रीय सदस्य क्या.शिवप्रसाद शेरचनले नगद पुरस्कार हस्तान्तरण गरे । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । बुटवल ४ आदर्शनगरस्थित समितिको सभाहलमा प्रतियोगिता चैत्र ४ गतेबाट शुरु भएको थियो । समितिका अध्यक्ष लालबहादुर गौचनको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृतिविद्,बयोवृद्ध आर्थिक सहयोग गर्नेलाई सम्मान गरिएको थियो । समितिले धनुषबाण प्रतियोगितासहित युवा–महिला कुर्सि दौड,घैटो फोर्ड र रसी तान्ने कार्यक्रम पनि सम्पन्न गरेको छ ।