पारिजात सामुदायिक वनले वन प्रबेशमा रोक लगायो

प्रकाशित मिति:

रामु भुसाल – नवलपरासी । पश्चिम नवलपरासीको पारिजात सामुदायिक वनले वनमा आगलागीको घटना बढेको भन्दै वनमा नजान उपभोक्ता, सर्वसाधारण लगाएत सबैमा आग्रह गरेको छ । जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ४ बर्दघाटमा अवस्थित पारिजात सामुदायिक वनको आइतबार बसेको कार्य समतिको बैठकले आफ्नो क्षेत्राधिकार भित्र पर्ने वनमा उपभोक्ता, सर्वसाधारण, गाई बस्तु, चौपाया लागएत कसैलाई पनि जान नदिने निर्णय गरेको छ । वनजंगलमा प्रबेश गरि घास दाउरा लिन जादा, गाई बस्तु चराउन जादा लागएतका गतविधिले गर्दा आगआगीको घटना बढेको भन्दै वनले यस्तो निर्णय गरको हो । वनले गरेको निर्णयलाई अटेरी गर्दै यदी कसैले वनमा प्रबेश गर्न खोजेमा वन एैन २०४८ र नियमावली २०५१ बामेजिम कार्यवाही गरिने बेहोरो समेत सबैमा जानकारी गराइएको पारिजात सामुदायिक वनका अध्यक्ष चुडामणि भण्डारीले जानकारी गराउनुभएको छ । बैठकमा पारिजात सामुदायिक वनका कार्य समितिहरुको उपस्थिती रहेको थियो । गर्मि मौसम बढेंसंगै वन क्षेत्रहरुमा डढेलोका घटना दिन प्रतिदिन बढ्दै गएका छन । वनमा डढेलो लाग्दा वन्यजन्तु, पशुपंक्षि, जडबुटी, काठ दाउरा लगाएतका महत्वपुर्ण सम्पत्तिहरु नष्ट हुने गर्दछ । डढेलो लाग्नुका मुख्य कारणहरु काठ दाउरा ओसार पोसरा गर्ने, तस्कर, कोइला गराउने, खुल्ला रुपमा चरिचरन गराउने लगाएतका गतिवधिहरु रहेको भन्दै यस सामुदायिक वनले अर्को सुचना जारी नहुञ्जेल सम्मका लागी वन प्रबेशमा निषेधको निर्णय गरेको पारिजात सामुदायिक वनकी उपाध्यक्ष लक्ष्मी बर्तौलाले जानकारी दिनुभएको छ ।