पर्वत -बिगतका बर्षहरु देखि नै सामाजिक काम र्गर्दै आएको पर्वत जेसिसले पर्वतमा आन्तरिक तथा बाह्य पर्यटक भित्राएर आर्थिक विकासमा पर्यटनलाई जोड्न भन्दै प्रथम सडक खाना महोत्सव आयोजना र्गर्नै भएको छ ।नयाँ बर्ष २०७६ को अवसरमा जेसिज पर्वतले जिल्ला सदरमुकाम कुश्मा बजारमा सडक खाना महोत्सव आयोजना र्गर्नै जेसिसका अध्यक्ष मोहोन आर्चाय ले धौलागिरी मिडियालाई जानाकारी दिनु भएको हो । यहि चैत्र ३० देखि २०७६ बैशाख २ गतेसम्म महोत्सव आयोजना गरिएको आचार्यले बताउनु भएको छ। महोत्सवमा पर्यटक भित्राउन नेपाल पर्यटन बोर्ड नेपाल सरकार पर्यटन मन्त्रालय प्रदेश सरकार उद्योग बाणिज्य महासंघ र जिल्लाका स्थानीय तह संगको सहकार्य गरिने जेसिज पर्वतले जनाएको छ।
सडकमा खाउँ र सडकमै रमाउँ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवले पर्वतलाई विश्वभर चिनाउने अपेक्षा लिईएको जेसिज पर्वतका अध्यक्ष मोहन आचार्यले जानकारी दिनुभयो । महोत्सवमा २५ हजारसम्म पर्यटक भित्राउने लक्ष्य लिइएको छ । महोत्सव सम्पन्न गर्न २४ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ । नेपालकै अग्ला चार वटा पुल, एसियाकै नमूना बञ्जिजम्प, मानव निर्मित यान्त्रिक पुल गुप्तेश्वर गुफा अल्पेश्वर गुफा मोदीबेनीधाम र सहस्रधारा झरनाको अवलोकन पनि महोत्सवको आकर्षण हुने आयोजकले जनाएको छ । जेसिजले यो महोत्सव सफल भएमा बर्षेनी महोत्सव आयोजना गर्ने लक्ष्य लिएको छ । उक्त कार्यक्रममा जेसिसका अध्यक्ष ठाकुर बि पौडेल राजन र्कमचार्य शिव र्शमा निर्मल बिस्वर्कमा लगाएतको उपस्तीति रहेको थियो ।












