नवलपरासी-पुर्वी नवलपरासीको शस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट विनयी त्रिवेणीले भारतबाट नेपालतर्फ ल्याइएको वेवारिसे औषधी सोमबार साझ गण्डक ब्यारेज नाकाबाट बरामद गरेको छ । सिमा पार भारतीय बजारबाट नेपाल ल्याइएको ४० हजार मुल्य बराबरको आयुर्वेदिक औषधी बरामत गरिएको बिओपी प्रमुख शस्त्र प्रहरी निरिक्षक गुणाखर गौतमले जानकारी दिनुभएको छ ।
भारतबाट नेपाल ल्याइएको आयुर्वेदिक औषधी कसले र किन ल्याएको हो यो रहसय खुल्न सकेको छैन । सुरक्षा निकायबाट वेवारीसे अवस्थामा फेला परेको १ काटुन बरामत गरेको औषधीलाई थप कानुनी कार्वाहिको लागि मुल भन्सार कार्यालय महेशपुर पठाइने शस्त्र प्रहरी निरिक्षक गौतमले बताउनुभएको छ ।












