लोकतान्त्रीक सरकारले आदिवासीलाई उपेक्षा गरेको आदिवासी जनजातीको आरोप

प्रकाशित मिति:

मिलन गाहा,बुटवल नेपाल सरकारले आदिवासी जनजातीलाई उपेक्षा गरेको आदिवासी जनजाती नेताहरुले आरोप लगाएका छन्। आज बुुटवलमा आदिवासी जनाजती महासंघ प्रदेश ५ ले प्रदेश ५ लाई मगरात थरुहट नामाकरण गर्न माग गर्दे आयोजना गरेको बृहद आम सभालाई सम्बोधन गर्दे सो कुुरा बताएका हुुन्।आम सभालाई सम्बोधन गर्दे नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बरामले लोकतान्त्रीक सरकार आदिवासी जनजाती बिरोधी सरकार भएको आरोप लगाउनुुभयो।

नेपालको हरेक परीवर्तनमा आदिवासी जनजातीहरुको ठुुलो योगदान रहेपनी सरकारले बेवास्ता गरेकाले जबसम्म पहीचान स्थापीत हुुंदैन तबसम्म आदिवासी जनजातीको आन्दोलन निरन्तर रहने बताउनुुभयो। कार्यक्रममा आदीवासी नेता प्राध्यापक डा ओम गुुरुङले आदिवासी जनजातीको आन्दोलन एकीकृत हुुन नसकेको गुुनासो गर्दे आदिवासी एकीकृत नहुुंदासम्म आन्दोलन सफल नहुुने बताउदै राज्यले आदिवासी जनजातीलाई पाखा लगाएर नेपालको बिकाश देखेको हो भने कोरा सपना मात्र हुुने बताउनुुभयो। सम्बोधनकै क्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबीन रोका मगरले मगर संघको मगरात मुुद्धा बटम लाईन भएको बताउनुुभयो ।

लखन थापदेखी मगर समुुदायले नेपालको परीबर्तनमा धेरै रगत बगाएको हुुंदा राज्यले रगतको मुुलय चुुकाउनुुपर्ने बताउदै आदिवासी जनजातीको आन्दोलन नेपाललाई बलीयो बनाउने अभीयान भएकोले यो आन्दोलन कुुनै जात बिशेषको नभई समानताको आन्दोलन भएको बताउनुुभयो।।कार्यक्रममा नेपाल मगर संघका उपाध्यक्ष दल बहादुुर बिरकट्टा,कोषाध्यक्ष कमला थापा मगर,आदिवासी जनजाती युुवा महासंघका अध्यक्ष जिएस तमुु,नेपाल मगर बिधार्थी संघका केन्द्रीय अध्यक्ष बिष्णुु थापा मगर,नया शक्ती पार्टीका मब बराली मगर,राष्ट्रीय मगर संघका सहमहामन्त्री भिम बहादुुर आले,मगर संघ प्रदेश ५ का अध्यक्ष बिमल सारु मगरराष्ट्रीय जनमुुक्ती पार्टी प्रदेश ५ का उपाध्यक्ष धनी आले, ,लगायतले बोल्दै प्रदेश ५ लाई मगरात थरुहट राख्न माग गरेका थिए । आदिवासी जनजातीले आउदो जेष्ठ महीनासम्म दबाबका लागी बिभीन्न आन्दोनका कार्यक्रम घोषण गरेका छन्। सभामा प्रदेश ५ का आदीवासी जनजातीहरुको बाक्लो उपस्थीती रहेको थियो।बृहद आम सभा आदिवासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष दल बहादुुर छन्त्यालको स्वागत सचीब मनोज रानाको संचालन र आदिवासी जनजाती महासंघ प्रदेश ५ का अध्यक्ष दिपक गुुरुङको अध्यक्षता सम्पन्न भएको हो।