बुटवलमा तीन स्रष्टा सम्मानित

प्रकाशित मिति:

बुटवल सुब्बेनी आमा रतनबाई खाती प्रतिष्ठान,बुटवलको नवौं साहित्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ साहित्यकार अजम्बरध्वज खातीद्वारा स्थापित लक्ष्मीदेवी टेकध्वज खाती पुरस्कारबाट कथाकार भागिरथी श्रेष्ठ, शिक्षाविद् जगतबहादुर जोशी स्मृति सम्मानबाट प्रगतिशील लेखक संघ,नेपालका केन्द्रीय पार्षद्, गजल सागर नेपालका अध्यक्ष एवं न्यू होराइजन साहित्य परिषद्का सचिव मीनबहादुर राना र उपेन्द्र रञ्जना साहित्य,कला,संगीत पुरस्कारबाट शाश्वत कार्कीलाई सम्मानित तथा पुरस्कृत गरिएको थियो ।

उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ माया ठकुरीले सम्मान गरेकी थिइन् ।