फर्निचर उद्योगी र घरेलु महासंघको टोली द्वारा विद्युत क्षेत्रिय कार्यालय बुटवलमा ज्ञापन पत्र
सन्जु पौडेल बुटवल आसपासका क्षेत्रमा विधुत आउने र जाने गर्दा समस्या परेकाले बुटवलका फर्निचर उद्योगी र घरेलु महासंघको टोलीले विद्युत क्षेत्रिय कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ । पछिल्ला २, ३ दिनमा यस क्षेत्रमा विद्युत छिनछिनमा आउने जाने गर्दा उद्योगमा काम गर्न समस्या भएको र उपकरणहरु पनि बिग्रिने गरेको गुनासो सहित उनीहरले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै कार्यालयका निमित्त प्रमुख लुनार श्रेष्ठले उद्योगीहरुको समस्या समाधानका लागि आफूले केन्द्रिय कार्यालयमा प्रस्ताव गर्ने प्रतिकृया दिनुभयो । सोही विषयमा उद्योगीले भारतबाट ल्याईएको विद्युत भएकाले समस्या परेको छ भन्ने प्रश्नमा कार्यालयका आयोजना प्रमुख हरि पाण्डेले भने बुटवल पूर्व पश्चिम क्षेत्रमा भारतीय लाईन नजोडिएको र अहिले गर्मी सिजनको प्रवेशमा हावाले गर्दा रुखका हांगाहरुले तार छुंदा विद्युत जाने समस्या भएको जानकारी दिनुभयो ।












