उद्योगी व्यवसायीहरुसंग सहकार्य गरी आर्थिक संमृद्धिको लागि सहकार्य गर्ने प्रवन्धक ढकालको भनाई
बुुटवल । नेपाल वैक लिमिटेडको बुटवल खस्यौली शाखा प्रवन्धक कल्पना ढकालले यहाका नागरिक, उद्योगी व्यवसायीहरुसंग सहकार्य गरी आर्थिक संमृद्धिको लागि सहकार्य गर्ने बताएकी छन ।
सनिवार बुटवलमा आयोजित रोटरी क्लब अफ बुटवलको १२५४ औ नियमित वैठकमा प्रमुख वक्ताको रुपमा उपस्थित उनले वैकको अधिकतम कर्जामा व्याजदर ९ प्रतिशत रहेको र कृषीको लागि ५ प्रतिशत मै व्याज पाईने बताईन । हालै मात्र वुटवल सरुवा भई आएकी उनि बुटवल खस्यौली शाखाकी पहिलो महिला प्रवन्धक हुन ।कार्यक्रममा नेपाल वैक लिमिटेडका शाखा प्रवन्धक हरि प्रसाद ज्ञवालीले ८१ वर्ष पुरानो वैक नागरिकहरुको मनमा वस्न सफल भएकै कारण सफलता हासिल भएको बताए ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष डा नारायण प्रसाद पन्थले वैकिङ क्षेत्र अन्य क्षेत्रमा महिलाहरुको नेतृत्व पाउनु सवैको लागि खुसीको कुरा भएको बताए । कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु विन्दकेशर जोशी, आमोद सिमंगैडा, महेन्द्र श्रेष्ठ, रोटरीयनहरु सोनाली गुरुङ, वोनिन पिया, थानेश्वर पौडेल, यादव घिमिरे, जुना कुंवर, लेखनाथ भूसाल, नविन विष्ट मणिरत्न पाण्डे लगायतले वोलेका थिए ।












