नेकपाको शोकसभा सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा-नेकपा तिलोत्तमा वडा नम्बर १२ मा पाटी सदस्य हरिलाल तिवारीको शोकसभा सोमबार सम्पन्न भएको छ । शोकसभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य लिला गिरीले स्वर्गीय तिवारीले बिगतमा निर्वाचित जनप्रतिनिधिको रुपमा खेलेको भूमिकाको स्मरण गर्दै पार्टीको तर्फबाट श्रदाञ्जली व्यक्त गरे ।

तिवारीको निधनले पार्टीलाई क्षति पुगेको भन्दै गिरीले उहाँका सपना पूरा गर्न पार्टी कमिटी क्रियाशिल हुने बताउनुभयो । शोकसभामा प्रदेश सभा सदस्य दधिराम न्यौपाने, पार्टीका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईं, नेता कविराम अर्याल, पार्टीका वडाअध्यक्ष चित्रबहादुर क्षेत्री, सचिव रामविलाश यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता थियो । उनीहरुले स्वर्गीय तिवारीको योगदानबारे चर्चा गरेका थिए ।