ललित पाण्डेय,रुपन्देही प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति तथा नेपाली कांग्रेसका नेता भरत कुमार शाहले गल्ती गर्ने जो कसैलाई पनि कारबाही गर्ने बताउँनु भएको छ । सरकारमा बसेर आर्थिक अनियमितता गर्ने जो कसैलाई छानविन गरेर कारबाहि गर्ने उँहाले बताउँनु भएको हो । नेपाली कांग्रेस सालझण्डीले आज आयोजना गरेको गाउँसभालाई सम्बोधन गर्दै नेता शाहले अलिहेको कम्युनिष्ट सरकारले जनविरोधी काम गरेको बताउँनु भएको छ ।
मनपरी कर बढाएर जनताको ढाडसेक्ने काम अहिलेको सरकारले गरेको उँहाले बताउँदै स्वास्थ्य र शिक्षालाई राज्यले निःशुल्क गराउन सक्नु पर्ने बताउँनु भयो । ऐनसेल टावरको सुरक्षा गर्न नसक्ने सरकारले विदेशी लगानी भित्राएर देशलाई समृद्धि बनाउँन नसक्ने नेता शाहले दाबी गर्नु भयो ।त्यस्तै नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्माले स्थानीय तहमा शिहदरबारको अधिकार आयो भनेपनि शिह मात्र आएको टिप्पणी गर्नुभयो । स्थानीय तहमा शिह आएर मनपरी कर बृद्धि गरेको उँहाले बताउँदै नेपाली कांग्रेसलाई हस्तक्षेप गरेर गरिने विकास निर्माणको काम मान्य नहुने बताउँनु भयो ।नेपाली कांग्रेस जिल्ला सचिब रामकृष्ण खाणले वार्षिक क्यालेण्डेर अनुसार २०७६ सालमा नेपाली कांग्रेसले विभिन्न गतिविधि सञ्चालन गरेर संगठनलाई मजबुद बनाउँने बताउँनु भयो ।












