एक दिने जडीबुटी प्रचार प्रसार कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवपरासी-मनरी आयुर्वेद औषधालय सरावल २ पश्चिम नवपरासीको आयोजना तथा सरावल गाउपालिकाको आर्थिक सहयोगमा जडिबुटीसंग सरोकार राख्ने कृषकहरुलाई जडीबुटीको उत्पादन, जडीबुटीको प्रयोगबाट हुने फाइदा, उपचार, विधि लगाएतका बारेमा एक दिने जडीबुटी प्रचार प्रसार कार्यक्रम मंगलबार सरावल वडा नम्बर १ स्थित बसन्त मावी बासाबसहीमा सम्पन्न भएको छ ।

मनरी आयुर्वेद औषधालय सरावल २ का प्रमुख मनोज कुमार वर्माको अध्यक्षता तथा सरावल गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष भेष नारायण चौधरीको प्रमुख आतिथ्यतामासम्पन्न भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष चौधरीले जडिबुटी उत्पादनलाई सरावल गाउपालिकाले प्रोत्साहन दिने कुरा माथि जोड दिदै गाउपालिकाले सो का लागी बजेट समेत विनियोजन गरि ब्यवसायिक रुपमै जडीबुटी उत्पादनलाई बढावा दिने बताउदै उहाँले घर वरिपरि हुने जडीबुटीको पहिचान गर्न सके जडीबुटीको आवश्यक मात्रामा प्रयोग गरि रोग निवारणमा सहयोग पुग्ने बताउनुभएको थियो । सो अवसरमा सामुदायिक रेडियो दाउन्ने बर्दघाटका अध्यक्ष नारायण पाण्डे, प्रशिक्षक राम शरण राय लगाएत वडा नम्बर १ का करिब ३० जना जडीबुटी कृषकहरुको उपस्थिती रहेको कार्यक्रममा जडीबुटीको उत्पादन, पहिचान, जडीबुटीको बजार ब्यवस्थापन लगाएतका बारेमा छलफल गरिएको थियो भने कार्यक्रमको प्रशिक्षक राम शरण रायले आहार, विहार र खानपिनमा के कसरी ध्यान दिने, स्वस्थ रहने के गर्ने तथा दैनिक दिनचर्या लगाएतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

सोही अवसरमा मनरी आयुर्वेद औषधालय सरावल २ का प्रमुख मनोज कुमार वर्माले सरावल गाउपालिकामा रहेका जडीबुटका कृषकहरुलाई लक्षित गरि उनिहरुलाई जडीबुटीको उत्पादन, जडीबुटीको प्रयोगबाट हुने फाइदा, उपचार, विधि लगाएतका बारेमा जानकारी गराउन मनरी आयुर्वेद औषधालयले थालेको अभियान अन्र्तगत मंगलबार सरावल वडा नम्बर १ बाट सुरु भएको यस अभियानलाई सरावल गाउपालिकाको सात वटै वडामा निरन्तरता दिदै जाने समेत बताउनुभएको थियो ।