बन्द अस्पताल सञ्चालनमा

प्रकाशित मिति:

शान्ति तिवारी ,नवलपरासी परासीमा रहेको इभरग्रीन अस्पताल बन्द भएको केही महिना पछि चैत्र २५ गते सोमवार देखी पुनः सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएको केही समय पछि अस्पताल बन्द हुदा स्थानियलाई स्वास्थ्य सेवा लिनका लागी निकै गा¥हो भएको थियो । अब अस्पताल नयाँ ब्यवस्थापनका अत्याधुनिक र सुविधायुत अस्पताल बनाउने लक्ष्यका साथ सञ्चालनमा ल्याएको हो । अस्पतालले सोमवार परासीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै अस्पताल पुनः सञ्चालनमा ल्याइएको अस्पताल हो ।

नयाँ ब्यवस्थापनले जिम्मा लिदै सो अस्पताललाई अत्याधुनिक र सुविधायुत अस्पताल बनाउने लक्ष्यका साथ सञ्चालनमा ल्याएको हो । सोमवार आयोजित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै अस्पताल पुनः सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । शिविरमा दुई सय भन्दा बढि विरामीहरुले निशुल्क स्वास्थ्य सेवा लिएका अस्पतालका सहायक प्रबन्धक बलिराम कोईरीले जनाकारी दिनुभयो । उहाका अनुसार नयाँ ब्यवस्थानमा अस्पतालका सञ्चालकहरु अधिकाँश चिकित्सक र स्वास्थ्यकर्मी रहेका छन् । यस अस्पतालमा रामग्राम नगरपालिका, सुनवल नगरपालिका, पाल्हिनन्दन गाउपालिका, सरावल गाउपालिकालागायतका स्थानियहरुले स्वास्थ्य सेवा लिन सहज हुने देखिन्छ परासीमा एउटा मात्रै सरकारी स्तरको जिल्ला पृथ्वीचन्द अस्पतालमा अत्याधिक विरामीको चाप बढेको बेला अस्पताल सञ्चालनमा आएको छ । ।