भलाई कोषले रक्तदान गर्ने

प्रकाशित मिति:

तिलोत्तमा, २८ चैत । यातायात मजदूरत तथा व्यवसायी भलाई कोष बुटवलले आफ्नो स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । कोषले आफ्नो ४५ आं स्थापना दिवसका अवसरमा आगामी बशाख ३ गते कोषक कार्यालयमा रक्तदान गर्न लागेको हो । बिरामीहरुलाई रगतको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक हेमबहादुर केसीले जानकारी दिए । कोषले रक्तदानमा सहभागी भएर मानवीय धर्म निर्वाह गर्न व्यवसायी तथा मजदूरहरुलाई आग्रह समेत गरेको छ ।  त्यसगरी भलाई कोषले नयाँ वर्ष २०७६ को अवसरमा शुक्रबार कार्यालय परिसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । कोषका अध्यक्ष दिनेश फुल्लेलले कोषले सामाजिक क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्द आएको भन्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।