तनहु । चैत २९ गते। केही दिन अगाडि मात्र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख भएर तनहुँ आएका एसपी विनोद सिलवालले अपराध नियन्त्रण तथा कुनैपनि अनुसन्धानमा राजनिती दल र बलको दबाबमा नरही कार्यसम्पादन गर्ने बताएका छन्। अपराध अनुसन्धानलाई जोकोहीले प्रभावीत नपार्न आग्रह गर्दै प्रभावीत पार्न खोजेपनि त्यस्ता कार्यबाट आफु प्रभावीत नहुने एसपी सिलवालको भनाइ थियो। उक्त कुरा सबल पोष्ट अनलाइन संगको कुराकानीका क्रममा बताएका हुन्। मंगलबार मात्र प्रहरी प्रमुखको जिम्मेवारी सहित तनहुँ आएका एसपी सिलवालले अपराध नियन्त्रणमा सबैको साथ लिएर अघि बढ्ने समेत बताएका थिए।












