बुटवल, ३ बैशाख । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले आफ्नो स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोषको कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।
अध्यक्ष फुल्लेलले समग्र ट्रेड युनियन प्रतिष्ठानका अध्यक्ष विदुर रेग्मीलाई बल्ड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी, सदस्य, कर्मचारी, मजदूर तथा व्यवसायीले रक्तदान गरेका थिए ।
कोषले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी रक्तदान कार्यक्रम गरेको र यसलाई आगामी वर्ष पनि निरन्तरता दिइने अध्यक्ष फुल्लेलले बताए । बिरामीहरुलाई रगतको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कोषका महासचिव योग गुरुङले जानकारी दिए ।












