नवलपरासी-जन अधिकार सरोकार महासंघ नेपाल शाखा प्रतापुर गाउपालिका वडा नम्बर ६ को आयोजना एवं घरेलु तथा साना उद्योग कार्यक्रम पश्चिम नवलपरासीको सहयोगमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ८ दिने उद्यमशिलता तालिम मंगलबारदेखी वडान म्बर ६ स्थित जनजागृती माविको सभाहलमा सुरु भएको छ ।
प्रतापपुर गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष राम हरि उपाध्यायको अध्यक्षता तथा प्रतापुर गाउपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख आतिथ्यतामा सो तालिम सुरु तालिममा अतिथिहरु प्रतापपुर गाउपालिका उपाध्यक्ष अन्जु कुमारी चौधरी, प्रशासन अधिकृत धनश्याम गाहा, महिला संजालकी अध्यक्ष अंगिरा कुर्मी, वडा नम्बर ६ की वडा सदस्य प्रभावती हरिजन, समाजसेवी मन कुमारी चौधरी, कार्यक्रम संयोजक श्याम विक लगाएत स्थानिय समाजसेवी, जनप्रतिनीधि, बुद्धिजीवी,सञ्चारकर्मि लगाएतको उपस्थिती रहेको थियो । प्रतापपुर वडा नम्बर ६ भित्रका ३० जनाको सहभागिता रहेको कार्यक्रमको संचालन तालिमकी सहजकर्ता समेत रहनुभएकी दुमती थापा मगरले गर्नुभएको हो ।












