महिलाले चाहेको खण्डमा पुरुषसरह जे पनि गर्नसक्छन् गाउँपालिका प्रमुख शर्मा

प्रकाशित मिति:

रबिन्द्र यादव नवलपरासी स्थानीय स्तरमै महिलालाई उद्यमशील र स्वावलम्वी बनाउने उदेश्यले गुठी परसौनीमा मंगलबार देखि उद्यमशीलता तालिम शुरु भएको छ ।प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा ८ दिने उद्यमशीलता तालिम शुरु भएको हो ।

 

घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पश्चिमको सहयोग तथा जन अधिकार सरोकार महासंघ नेपाल शाखा नवलपरासीको आयोजनामा तालिमको आयोजना गरिएको हो ।
तालिममा प्रतापपुर गाउँपालिका वडा नं ६ का ४२ जना महिलाको सहभागिता रहेको छ । तालिममा गुडिया, माला र कुसन बनाउन सिकाइने बताइएको छ ।प्रतापपुर गाउँपालिका–प्रमुख राजकुमार शर्माले मोमबत्ती बालेर तालिमको उद्घाटन गरेका हुन । तालिमको उद्घाटन गर्दै प्रमुख शर्माले महिलाहरुलाई हिनताबोध त्यागेर अघि बढ्न आग्रह गरे । महिलाले चाहेको खण्डमा पुरुषसरह जे पनि गर्नसक्छन् भन्दै गाउँपालिका प्रमुख शर्माले महिलाले घर व्यवहारमा मात्र नअल्झिई बाहिर निस्कन सके महिला शसक्तिकरणको अभियानले चाँडै सार्थकता पाउने बताए ।

८ दिनसम्म सिकेको सीप व्यवहारमा उतार्न सके महिलाले पुरुषका अघि हात पसार्न नपर्ने पनि प्रमुख शर्माको दाबी थियोे ।उद्घाटन कार्यक्रममा बोल्दै उप(प्रमुख अंजु कुमारी चौधरीले तनमन लगाएर सीप सिके महिलाहरु आत्मनिर्भर बन्न बेर नलाग्ने धारणा व्यक्त गरे ।सिकेको सीपलाई व्यवहारमा उतार्दै स्थानीय उत्पादनको बजारीकरण गर्नतर्फ लाग्न चौधरीले सहभागीलाई आग्रह गरेका थिए ।उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गाउपालिका अध्यक्ष राजकुमार शर्मा, विशिष्ट अतिथि उप प्रमुख अंजु कुमारी चौधरी, शिक्षक रामनाथ हरिजन, वडा सदस्यहरु लगायतको सहभागीता रहेको थियोे ।तालिम उद्घाटन समारोहको सभापतित्व वडा अध्यक्ष रामहरि उपाध्यायको रहेको थियोे ।