नवलपरासी-बिर्घा समाज नवलपरासीको आयोजनामा नव बर्ष २०७६ सालको अवसर पारि शुभकामना आदान प्रदान कार्यक्रम बुधबार बर्दघाट ४ बदघाटमा सम्पन्न भएको छ ।
विर्घा समाजका जिल्ला अध्यक्ष अध्यक्ष डिवि थाापको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले आफ्नो जन्मथलो पनि स्याङजा विर्घा भएको कारण विर्घा समाजको चर्चा गर्दै उहाँले बर्दघाट नगरपालिकालाई सुन्दर नगरी बनाउन आफु जतिबेला पनि तत्पर रहेको र बर्दघाट नगर जनप्रतिनिधिहरु, विभिन्न संघ सस्थाहरु लगाएत सम्पुर्ण नगरबासीको सहयोग भए बर्दघाट नगरपालिकालाई चाडै नै सुन्दर नगर बनाउन सकिए कुरामाथि जोड दिनुभयो ।
कार्यक्रममा अतिथिहरु बर्दघाट शिवालय मन्दिरका अध्यक्ष एवं विर्घा समाजका जिल्ला सल्लाहकार डालाराज पाण्डे, सल्लाहकार शालिकराम पाण्डे, युवराज पाण्डे लागएतको उपस्थिती रहेको थियो । सो अवसरमा विर्घा समाज नवलपरासीले प्रमुख अतिथि तथा भर्खरै बसाई सरि आउनुभएका बर्दघाट नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डेलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा सहभागिहरुले नव बर्ष २०७६ सालको आगमन संगै एक आपसमा शुभकामना आदान प्रदान गर्नुभएको थियो । स्याङजा जिल्लाबाट बसाई सरि नवलपरासी आएका विर्घाहरुले २०७५ साल भदौ ५ गते जिल्ला तथा पालिका स्तर रुपमा विर्घा समाज स्थापना गरि थारु लगाएत ग्रामिण भेकमा समाजिक कार्यमा सक्रिय हुदै आएका छन । विर्घा समाजका जिल्ला सदस्य नारायण पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विर्घा समाजका जिल्ला सचिव सुर्य पाण्डेले गर्नुभएको थियो ।












