तिलोत्तमा-लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिमा नयां नेतृत्व चयन भएको छ । क्लबको वर्ष २०१९।२०का लागि ज्ञानेन्द्र पोखरेलको अध्यक्षतामा नयां समिति चयन भएको हो ।
क्लबको आईपीपीमा भक्तबहादुर खड्का,प्रथम उपाध्यक्षमा नारायण पाण्डे,द्वितीय उपाध्यक्षमा केशरबहादुर थापा,तृतीय उपाध्यक्षमा गंगाराज सापकोटा र सचिवमा देवबहादुर कुंवर सर्वसम्मत चयन भएका छन् । यस्तै क्लब एड्मिनिस्ट्रेसनमा उपेन्द्रप्रसाद अधिकारी,कोषाध्यक्षमा कृष्णप्रसाद पन्थी,ज्वाइन्ट सेक्रेटरीमा हिरा यादव,ज्वाइन्ट ट्रेजरमा मेख कुंवर,मेम्बरसिप चेयरपर्सनमा राजेन्द्र शर्मा,क्लब सर्भिस चेयरपर्सन विनोद भण्डारी र क्लब मार्केटिङ कम्युनिकेसन चेयरपर्सनमा टोपराज शर्मा चयन भएका छन् । क्लबको डाइरेक्टरमा कृष्ण पुन,रामप्रसाद पन्थी,हुतराज शर्मा,केशवराज पौडेल र हिरा गिरी,टेलटुइस्टरमा शोभाखर सुनार,अफिस एड्मिनिस्ट्रेसनमाआदर्श ज्ञवाली,टेमरमा बसन्त पाण्डे र सल्लाहकारमा शान्तकुमार कार्की चयन भएका छन् । क्लबले तिलोत्तमाको योगीकुटीमा करिब १५ लाख रुपैयां खर्चेर स्मार्ट लायन्स पार्क निर्माण गरेको छ ।












