पुस्तक व्यवसायीलाई व्यवस्थित वनाउन पुस्तक निति आवश्यक भएको सरोकार वाला निकायको भनाई

प्रकाशित मिति:

बुटवल – नेपाल पुस्तक व्यवसायी महासंघका महासचिव दिवाकर घिमिरेले प्रकाशक, पुस्तक व्यवसायीलाई व्यवस्थित वनाउन पुस्तक सम्वन्धी निति आवश्यक भएको बताएका छन । पुस्तक निति नहुदा अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउदै व्यवस्थित गर्न पनि पुस्तक निति आवश्यक भएको बताए ।

सनिवार बुटवलमा भएको रोटरी क्लब अफ बुटवलको १२५६ औ नियमित वैठकमा उनले कुनै पनि विद्यालयले कुनैपनि प्रकाशकको पुस्तक ल्याउनु भन्नु गलत भएको बताउदै त्यस प्रकारको कार्यलाई निरुत्साहीत गर्न महासंघ लागेको बताए । पुस्तकको मुल्य भन्दा एक रुपैया पनि वढि नतिर्न आग्रह गर्दे उनले विद्यालयको सिफारिसलाई पनि स्वीकार गर्नुपर्छ भन्ने नभएको बताए ।प्रकाशकहरुको अस्वस्थ्य प्रतिस्पर्धाले उनिहरुलाई नै घाटा लागेको बताउदै पुस्तकको मुल्य वृद्धि नभए आधा भन्दा वढि प्रकाशनहरु वन्द हुने बताए । उनले भने– हामीले भन्नु भन्दा पनि उहाहरु आफै घाटामा हुनुहुन्छ । अहिले ८६ प्रकाशन गृह छन ।

कितावको मुल्य ५ वर्ष सम्म वृद्धि नभए आधा भन्दा वढि गृह वन्द हुने निश्चत छ ।’ पुस्तक प्रकाशन गृहहरुको संख्या वढेका कारण पनि बजारमा विकृतीहरु देखिएको उनको भनाई छ ।रोटरी क्वल अफ बुटवलका अध्यक्ष डा नारायण प्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीयन खिमनारायण परजुलीले प्रमुख अतिथि मिघिरेको वायोडाटा प्रस्तुत गरेका थिए । कार्यक्रमा एजी कृष्ण प्रसाद अर्याल, पुर्व अध्यक्ष अजय श्रेष्ठ, रोटरीयन मणिरत्न पाण्डे, मेम्मवसिप चेयर खेम पुन, कोषाध्यक्ष यदुनाथ पाण्डे, रोटरीयन कृष्णा खनाल, सचिव दया भण्डारी लगायले वोलेका थिए ।