बुटवल -चक्रपाणी पाठक स्मृति समाजको आयोजनामा आज नयाँमिलमा स्वर्गिय चक्रपाणी पाठकको १५ औं स्मृती दिवस मनाएको छ ।नयाँमिल स्थित बैदिक पञ्चायतन मन्दिरमा आयोजित स्मृती दिवसमा बिभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो ।
समाजले आज १५ औं स्मृती दिवसमा समाजसेवा तर्फ बिश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष समेत रहनु भएका बुटवल ४ का महेश्वर प्रसाद श्रेष्ठ, शिक्षा तर्फ भैरहवा निवासी नेपाली उखान टुक्कामा बिद्याबारिधि गर्नु भएका प्राध्यापक डाक्टर कपिलदेव लामिछाने, पत्रकारिता तर्फ लगन मिडियाका प्रधान सम्पादक तथा रेडियो नेपालका संवाददाता डायलसन अधिकारी, धार्मिक सस्था तर्फ अर्धाखाचीको सुपा देउराली मन्दिर संरक्षण समिति, र युवा तर्फ तिलोत्तमा १५ का युवा कलाकार अप्सर अलि भाटलाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी र समाजका अध्यक्ष गोपाल भट्टराईले र लामीछानेलाई स्वर्ण पदक र मन्दिर संरक्षण समिति, अधिकारी र अलिलाई नगद सहित कदरपत्रबाट सम्मान गर्नु भएको थियो ।समाजका अध्यक्ष गोपाल भट्टराईको सभापतित्व, उपाध्यक्ष माधव पाठकको स्वागत, सचिव धुब्र धितालको सञ्चालन र संरक्षक नेत्र प्रसाद पाठकको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा बैदिक धर्म परिषद नेपालका अध्यक्ष लोकनाथ खरेल, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेल तथा सम्मानित व्यक्तिहरुले स्वर्गिय पाठकले गरेका कामहरुको स्मरण गर्दै समाजलाई अझ बिस्तार गरी अनुसन्धानमूलक सस्थाका रुपमा बिकास गर्नुपर्नेमा जोड दिनु भएको थियो ।












