गुल्मीमा सवारी दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । गुल्मीको छत्रकोट गाउँपालीका ४ श्रृङ्गामा लु २ च १७ नम्बरको पिकअप जीप र लु १२ प २९७६ नम्बरको मोटर साईकल एक आपसमा ठोक्दिा मोटर साईकल र जीप चालक सहित पाँच जना घाईते बनेको प्रहरी चौंकि श्रृङ्गाका प्रमुख हरिकिसन पुनले जानकारी दिनु भएको छ ।
दुर्घटनामा परि मोटरसाईकल चालक छत्रकोट गाउँपालीका ४ निवासी शालिकराम पन्त, मुसिकोट नगरपालीका ४ का तारा बहादुर रासकोटी, रेसुंगा नगरपालीका २ का गोपाल पोख्रेल, मालीका गाउँपालीका ६ का बषन्त पराजुली र मालरानी गाउँपालीका ४ अर्घाखाँचीका दिलिप केसी घाईते बनेको प्रहरीले जनाएको छ । घाईतहरुको अहिले स्थानीय श्रृङ्गा स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । विपरित दिशावाट तिब्र गतिमा आईरहेको मोटरसाईकललाई बचाउने क्रममा उक्त दुर्घटना हुन गएको जीप चालक तारा बहादुर रासकोटीले प्रहरीलाई बताएका छन् । दुर्घटना भएको उक्त पिकअप जिप सडकवाट दुई सय मिटर भन्दा तल खसेको श्रृङ्गा प्रहरी चौकीले जानकारी दिएको छ ।












