गैडहवामा महिला स्वास्थ्य सेबिकाहरुलाई प्रोत्साहन भत्ता प्रदान

प्रकाशित मिति:

रुपन्देही-गैडहवा जगिलाल थापा रुपन्देहीको गैडहवा गाउँपालिकाले स्वास्थ्य स्वंयसेविकाहरुलाइ प्रोत्साहन रकम प्रदान गरेको छ । गाउँपालिका अन्तरगतका स्वास्थ्य स्वंयसेविकाहरुलाइ ४ लाख ८० हजार रकम प्रदान गरेको हो । गाउँपालिकामा रहेका ८० जना स्वास्थ्य स्वंयसेविकाहरुलाइ प्रोत्साहन स्वरुप ६ हजारका दरले वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले जानकारी दिनु भएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले प्रोत्साहन रकम प्रदान गर्दै उँहाले महिला स्वास्थ्य स्वयम सेबिकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै थोरै भए पनि स्वयम् सेबिकाहरुको मनोबललाइ उच्च बनाउन प्रोत्साहन रकम प्रदान गरेको बताउनु भएकोछ।यसरी नै राम्रो काम गर्दै जाने स्वंयसेविकाहरुलाई गाउँपालिकाले आगामि समयमा पनि प्रोत्साहन गर्दै जाने बताउँनु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत नारायण अर्यालले स्वास्थ्य स्वंयसेविकाको भूमिका देशमा महत्वपूर्ण रहेको बताउँनु भएको छ । स्वंयसेविकाले गर्दा नै देशमा बालमृत्यु दर घटेको उँहाले बताउँदै गाउँपालिकाले समेत उँहाहरुलाइ प्रोत्साहित गर्दै जाने बताउँनु भयो ।

कार्यक्रममा गैडहवा गाउँपालिका वडा नं। ८ का वडा अध्यक्ष भुवन राना , वडा नं। २ का वडा अध्यक्ष तुल बहादुर पुन , स्वास्थ्य स्वंयसेविका सुमित्रा वुढाथोकी , जोगडा हेल्थपोष्टका इन्चार्ज राम बहादुर पिरयार लगायतले कार्यक्रममा बोलेका थिए । गैडहवा गाउँपालिकामा साबिकका गाबिसहरु सूर्यपुरा , जोगडा , कर्महवा , साडीमा गरि ४ वटा स्वास्थ्य चौकीहरु रहेकाा छन भने सो स्वास्थ्य चौकी अन्तरगत बर्षौ देखि महिला स्वास्थ्य स्वयं सेबिकाको रुपमा कार्यरत स्वयं सेबिकाहरुलाई प्रोत्साहन रकम बितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक विष्णु प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।