भारतीय भूतपुर्व सैनिक कल्याणकारी संस्था शुद्धोधन गाउ“पालिका रुपन्देही द्वारा एम्वुलेन्स संचालन

प्रकाशित मिति:

बुटवल । भारतीय भूतपुर्व सैनिक कल्याणकारी संस्था शुद्धोधन गाउ“पालिका रुपन्देहीले एम्वुलेन्स संचालन गरेको छ । एम्वुलेन्स सेवाको एक कार्यक्रमविच विहिवार गाउ“पालिका अध्यक्ष किसनचन चौधरीले उद्घाटन गरे ।भारतीय दुतावासबाट सहयोग स्वरुप प्राप्त गरेको उक्त एम्वुलेन्स संचालने ग्रामिक क्षेत्रका विरामीहरुलाई अस्पताल सम्म पुग्न सहज हुने भारतीय भूतपुर्व सैनिक कल्याणकारी संस्था शुद्धोधन गाउ“पालिका अध्यक्ष क्याप्टेन प्रेमवहादुर कुंवरले बताए ।

दुतावासले गणतन्त्र दिवशको अवसरमा सन २०१९ जनवरी २६ तारिखमा संस्थालाई एम्वुलेन्स हस्तान्तरण गरेको थियो । अध्यक्ष कुंवरका अनुसार कर्णेल अभानिस चाम्वीयाल (एसएम)को आग्रहमा राजदुत मंन्जीतसिंह पुरीले एम्वुलेन्स प्रदान गरेका थिए ।शुद्धोधन गाउपालिका – ५ मानपकडीमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा गाउपालिका अध्यक्ष चौधरीले एम्वुलेन्स संचालनले विरामीलाई रातह मिल्ने बताए । शिक्षा स्वास्थ्य जस्तो आधारभूत आवश्यकताहरु सरकारको दायित्व रहको बताउदै विभिन्न संघ संस्थाको सहकार्यले जनताको आधारभूत आवश्यकता परिपुर्तीको लागी सहजता ल्याउने बताए ।

संस्थाका अध्यक्ष क्याप्टेन प्रेमवहादुर कुंवरको अध्यक्षता उपाध्यक्ष गोविन्द बहादुर खत्रीको स्वागत तथा सचिव विजय विक्रम टण्डनको संचालनमा भएको कार्यक्रममा गाउ“पालिका उपाध्यक्ष शान्ता ज्ञवाली, वडा नं ३का वडाध्यक्ष हेमवहादुर खड्का, ४का वडाध्यक्ष राजेन्द्र कडेल, ५का वडाध्यक्ष पुन्यराम गौतम, राजनितिक दलको तर्फबाट शेरवहादुर काफ्ले संस्थाका सदस्य हेमवहादुर केसी, शेरबादुर क्षेत्री, कोषाध्यक्ष वद्री प्रसाद मरासिनी लगायले बोलेका थिए । सो अवसरमा अध्यक्ष कुंवरले एम्वुलेन्स प्रदान गरेकोमा भारतीय राजदुत र त्यसको लागी पहल गर्नेहरुलाई धन्यवाद ज्ञापन गरे । एम्वुलेन्सले २४ सै घण्टा सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाईएको छ ।शुद्धोधन गाउपालिकामा भारतीय भूतपुर्व सैनिक कल्याणकारी संस्था ६ महिना अघि गठन गरिएको हो । छोटो समयमै एम्वुलेन्स संचालन गर्न सफल भएकोमा भूतपुर्व सैनिकहरु खुसी भएका छन । गाउपालिका भित्र मात्रै भारतीय भूतपुर्व सैनिकहरुको संख्या ३ सय भन्दा बढि छ ।