संघ संस्था दर्ता गर्दै सैनामैना नगरपालिका

प्रकाशित मिति:

सैनामैना सैनामैना नगरपालिकामा स्थापित विभिन्न गैरसरकारी संघ संस्थाहरुको नियमनका लागि नगरपालिकाले ती संस्थाहरुलाई दर्ता गर्ने प्रकृयालाई अगाडी बढाएकोछ। संघ संस्थाहरुको नियमन र ब्यवस्थापन गर्नको निम्त सैनामैना नगरपालिकाले सैनामैनाको संस्था दर्ता एन २०७५ बनाएर नगरलाइ कार्यक्षेत्र बनाएर संचालन गर्ने संस्थालाइ दर्ता गर्दै आएको छ । सैनामैना नगर क्षेत्रभित्र सामाजिक ,धार्मिक, साहित्यिक, सास्कृतिक, बैज्ञानिक, शैक्षिक, बौद्धिक, खेलकुद, शारिरीक वा परोपकारी संस्थाहरुको रुपमा कार्यरत संस्थालाइ ब्यवस्थित गर्नको निम्ती एन बनाएर नगरमै दर्ता गर्दै आएको हो।

स्थानिय तहमा रहेका सामाजिक संघ संस्थासंग नगरपालिकाले सहकार्य गर्नु पर्ने र ती गरिएका कार्यको बैधानिकता दिनको निम्ती नै संस्था दर्ता गर्नु अनिवार्य रहेकोले एेन बनाइएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनु भएको छ।

राज्यको पुनर संरचना भएसंगै स्थानिय तहको एकल अधिकारमा कानुन बनाउने अधिकार रहेकोले सोही अधिकारको प्रयोग गर्दै सैनामैना नगरपालिकाको संस्था दर्ता एेन बनाएर लागु गरिएको प्रमुख अधिकृत भण्डारीले बताउनु भयो । सम्भवता नेपालमै नमुना र नया कामको थालनी गरेको भन्दै कानुन बनाउन मिल्ने अवसरको उपयोग गर्दै यो कानून बनाएका हौ भण्डारीले भन्नु भयो। यो एेनले यहा अबैधानिक रुपमा रहेका संघसंस्थाको बैधानिकतमा कायम गर्नुको साथै नगरपालिकाको सामान्य आयमा समेत बृद्धि गर्ने छ । नगरपालिकाले सामाजिक संघसंस्थासंग गर्ने कामको बैधानिकता हुनुको साथै सबै संघसंस्थाको आर्थिक पार्दशिता कायम गर्न सहयोग हुने समेत बिश्वास ब्यक्त गर्नु भयो ।स्थानिय सरकार संचालन एेनमा संस्था दर्ता गर्ने नबिकरण गर्ने र नियमन गर्ने स्पष्ट ब्यवस्था नभएको हुदा र हालै २०७५ फागुन १९मा संशोधन भइ राजपत्रमा प्रकाशित भएकोले स्थानिय तहलाइ संघ सस्थाको दर्ता गरी परिचालन गर्ने स्थानिय निति बनाउन सजिलो भएको समेत भण्डारीले बताउनु भयो । यो एेन लागु भएपछि यहा दर्ता भएका र अयन्त्र बाहिराबाट दर्ता भइ आएका संघसंस्थाको बैधानिकता र नियमन गर्न सजिलो भएको सामाजिक बिकास शाखाका केशव अर्यालले बताउनु भयो । हाल सैनामैना १८ वटा संघ संस्था दर्ता भएका छन ।स्थानिय तहमा नै संस्था दर्ता गर्न मिल्ने भएपछि धेरै सहज भएको उपभोक्ता हित संरक्षणमा मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतमले बताउनु भएको छ । नगर भित्रमात्र कार्य क्षेत्र भएको संघ संस्था दर्ता गर्न भैरहवा नै जानु पर्ने बाध्यता तरेको बताउदै समय र अनावश्यक झन्झट बाट मुक्त पाएको बताउनु भयो । यतै स्थािनय तहमा नै सस्था दर्ता गर्न पाए पछि प्रकृयागत रुपमा धेरै नै सहज भएको स्थानिय समाजसेवी मन्जु ज्ञवाली बताउनु भएको छ ।