एक दिने स्थानिय जडूबुटी परिचयात्मक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

त्रिबेणी -विनयी त्रिबेणी गाउपालिका अन्र्तगत त्रिबेणी आयुर्वेद औषधालयको आयोजनामा एक दिने स्थानिय जडूबुटी परिचयात्मक कार्यक्रम विहिबार त्रिबेणी धाममा सम्पन्न भएको छ । विनयी त्रिबेणी वडा नम्बर ६ का वडाध्यक्ष समेत रहनुभएका आयुर्वेद औषधालय ब्यवस्थापन समितिका अध्यक्ष प्रितम बहादुर गुरुंगको अध्यक्षतामा कार्यक्रम स्म्पन्न भएको हो । सो अवसरमा अध्यक्ष गुरुंगले स्थानिय जडीबुटी पहिचान गरेर आत्मनिर्भर बन्न सकिए त्यो काम सुखद हुने बताउनुभयो ।

सो अवसरमा आयुर्वेद औषधालय ब्यवस्थापन समतिका उपाध्यक्ष बिर बहादुर ठकुरी, सदस्य दिनेश दिनेश प्रसाद पाण्डे, सहभागी निरु ठकुरी लागएतले तालिमको महत्व माथि प्रकाश पार्नुभएको थियो । तालिममा अधिकृत कविराज राजेन्द्र प्रसाद राय र बैध बविता ढकालले सहजिकरण गर्नुभएको आयोजकले बताएको छ । एक दिवसिय तालिममा ४६ सहभागिहरुकोसहभागिता रहेको थियो भने तालिममा स्थानिय जडूबुटको पहिचान तथा प्रयोग विभिधका बारेमा जानकारी गराइएको थियो ।