कञ्चनका प्रधानाध्यापक तथा शिक्षकहरुलाई आई सि टी तालिम सुरु

प्रकाशित मिति:

कञ्चन कञ्चन गाउपलिका,शिक्षायुवा तथा खेलकुद शाखाको आयोजनामा ५ दिने प्रधानाध्यापक तथा शिक्षकहरुलाई नबिनतम प्रबिधि सम्बन्धी आई सि टी सम्बन्धी तालिम आज देखि हरैया माध्यमिक बिधालयमा शुरु भएको छ।

हरैया माध्यमिक बिधालयका शिक्षक अभिभावक संघका अध्यक्ष यम बहादुर क्षेत्रीको अध्यक्षतामा शुरु भएको तालिमको कञ्चन गाउपालिकाका अध्यक्ष तथा गाउ शिक्षा समितिका संयोजक गोकर्ण बहादुर क्षेत्रीले शुभारम्भ गर्नु भएको हो। तालिमको शुभारम्भ गर्दै क्षेत्रीले आई सि टी तालिमले बिधालयका प्रधानाध्यापक तथा बिषय शिक्षकहरुलाई प्रबिधि मैत्री बनाउनमा सहयोग गर्ने बताउनु भएको छ।अव कञ्चनको सबै बिधालयहरुलाई प्रबिधि युक्त बिधालय बनाउदै लैजाने र त्यसको लागि गाउपालिका र बिधालयको समन्वयात्मक कार्य गरिने बताउनु भएको छ।यसैगरी शिक्षा संयोजक तथा वार्ड नं। ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बिधालयका हरेक शिक्षकहरु पनि प्रबिधिमैत्री हुन आग्रह गर्दै कितावी ज्ञानमात्र घोकाएर नपुग्ने त्यसका लागि नया नया प्रबिधिको प्रयोग गरी बिश्वमा घट्ने ताजा घटनाहरु समेत अपडेट गराउदै जान सके बिधार्थीहरुको ज्ञान र क्षमतामा बृद्धि हुने बताउनु भएको छ ।

शिक्षा अधिकृत रमेश भुषालले कार्यक्रममा प्रशिक्षार्थीहरुलाई स्वागत गर्दै बिधार्थीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा घटने नबिनतम घटनाहरुबाट अपडेट राख्दै प्रतिष्पर्धात्मक क्षमताको अभिबृद्धि गर्न,बिधालयका प्रधानाध्यापक,शिक्षक र बिधार्थीहरुलाई सूचना र प्रबिधिमैत्री बिधालय बनाउन सहयोग पु¥याउन तालिमको आयेजना गरिएको बताउनु भएको छ।भुषालले भन्नु भयो बिधालयका प्रधानाध्यापक र बिषय शिक्षकहरुलाई कम्प्युटर सम्बन्धी आधारभुत ज्ञान ,नभए सम्म प्राबिधिक क्षमता बृद्धि नहुने भन्दै बिधालयको शैक्षिक पाठेय योजना,बार्षिक कार्ययोजना,कार्यसम्पादन गर्न र शैक्षिक ब्यबस्थापनलाई सूचना र प्रबिधिमैत्री बनाउन समेत कम्पयुटर सम्बन्धी आधारभुत ज्ञान हुनु जरुरी रहेको बताउनु भएको छ।
सामुदायिक र संस्थागत बिधालयका गरी ३० जना प्रशिक्षार्थी सहभागी भएको तालिमको संचालन स्रोत ब्यक्ति नारायण पौडेलले गर्नु भएको थियाृे भने शिक्षा अधिकृत रमेश भुषाल,कञ्चन गाउपालिकाका सूचान अधिकृत नारायण शर्मा र स्वरोजगार संयोजक ईश्वरी ज्ञवालीले प्रशिक्षण दिनुहुने छ ।