दाउन्नेदेवी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई विदाइ

प्रकाशित मिति:

नवलपरासी । नवलपरासीको बर्दघाट ४ मा रहेको दाउन्नेदेवी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम र दोस्रोका विद्यँर्थीहरुले चौथो वर्षका विद्यार्थीहरुलाई आज एक कार्यक्रमका विच विदाई गरेका छन् । कार्यक्रममा चौथो वर्षका विद्यार्थीहरु खादा र टिका लगाई प्रथम र दोस्रो वर्षका विद्यँर्थीले विदाई गरेका हुन ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख नरेश खनालले विद्यार्थीहरु क्याम्पसमा रहेर पढ्दासम्मको अवधिमा खेलेको भुमिकाको प्रसंसा गर्दै उच्च शैक्षिक सफलताको कामना गर्नु भयो । कार्यक्रममा प्रध्यापकहरु भोजराज चापागाई, अर्जुन पाण्डेय लगायतले बोल्दै विद्यार्थीहरुको शैक्षिक प्रगतिको कामना गर्नु भएको थियो । कार्यक्रम स्नातक तह दोस्रो वर्षमा अध्ययनरत सनिशा न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य स्नातक तह प्रथम वर्षमा अध्ययनरत जमुना डुम्रेले र सञ्चालन प्रथम वर्षमा अध्ययनरत इन्दु पाण्डेले गर्नुभएको थियो ।