रुपन्देही-कञ्चन सामुदायिक संचार संस्था,कञ्चन—३,हरैया रुपन्देहीको प्रथम साधारण सभा तथा अबिधेशन कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।अधिबेशनले संस्थाका सदस्य बिष्णु नारायण श्रोष्ठको अध्यक्षतामा ९ सदस्यिय कार्यकारी समिति गठन गरेको छ ।
साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले संचारको बिकास बिना कुनै पनि क्षेत्रको सूचनाको पहुच नागरिकमा नपुग्ने बताउनु भएको छ। अध्यक्ष क्षेत्रीले कञ्चनको बिकासको लागि सामुदायिक रेडियो कञ्चनले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताउदै कञ्चन बासीलाई सूचनाको पहुंचमा पु¥याउन संस्थाको महत्वपुर्ण भुमिका खेल्न आग्रह गर्नु भयो । रेडियो कञ्चनको बिकास र प्रबद्र्धन गर्न गाउपालिकाले कञ्चन सामुदायिक संचार संस्था संग सहकार्य गरी अगाडी बढ्न चाहेको बताउनु भयो
यसैगरी कञ्चन गाउपालिका वार्ड नं. १का वडा अध्यक्ष हरिनारायण चौधरीले कञ्चनको गहना र गौरवको रुपमा रहेको रेडियो कञ्चन मार्फत कञ्चनको समृद्धिलाई जनता सामु पु¥याउनु पर्ने बताउनु भएको छ । यस्तै हरैया बहुमखी क्याम्पसका क्याम्पस प्रमुख चुडामणी शर्माले संचार क्षेत्रमा कञ्चन गाउपालिका एक कदम अगाडी बढिसकेको र रेडियो कञ्चनको दिर्घकालिन स्थायित्वको लागि कञ्चनबासी लाग्नु आवस्यक रहेको बताउनु भयो । नेकपा कञ्चन गाउकार्यसमितिका प्रतिनिधी तथा प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले संचारले नागरिकलाई सचेत गराउदै कञ्चनको शिक्षा,स्वास्थ्य र कृषि अनि आर्थिक सवालमा समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिनु भयो ।नेपाली कांग्रेसका सभापति यम बहादुर क्षेत्रीले कञ्चन सामुदायिक संचार संस्था र संस्थाद्धारा संचालन गरिएको रेडियो कञ्चनले सबै पक्षमा वकालत गर्नु पर्ने र सत्तापक्षको मात्र बढाई चढाई नगरी बिपक्षीले उठाएका जनसरोकारका बिषयहरु र जनप्रतिनिधीहरु बट भएका गलत कार्यहरुको समेत नागरिक समक्ष सूचना पु¥याउनु पर्ने बताउनु भयो ।
साधारण सभाले कृष्ण प्रसाद जैसीको संयोजकत्वमा गठित तीन सदस्यिय निर्वाचन समितिले बिष्णु नारायण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय कार्यकारी समिति गटन गरेको छ ।जसको उपाध्यक्षमा भरत शर्मा,महासचिवमा हिमा बेलबासे,कोषध्यक्षमा शसिधर सापकोटा,सचिवमा टोपराज चालिसेलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा लेखनाथ पौडेल,जगिलाल थापा,शुशिला थापा र मनिषा खत्री निर्वाचित हुनु भएको छ।संस्थाका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक हिमा बेलबासेले गर्नु भएको थियो भने साधारण सभामा संस्थाका महासचिव तथा रेडियो कञ्चनका महासचिव जगिलाल थापाले संस्थाको बार्षिक तथा आर्थिक प्रतिबेदन र भाबि कार्ययोजना प्रस्तुत गर्नु भएको कार्यक्रममा धन्यबाद शुसिला थापाले गर्नु भएको थियो ।












