विश्व सङ्गीत दिवशको अवसरमा बागेश्वरी संगीतालय ले सप्ताह ब्यापी कार्यक्रमको आयोजना गर्ने
बुटवल -सन् १९८२ देखि बिश्व भर मनाउन लागिएको बिश्व सङ्गीत दिवसको अवसरमा बिगत १० बर्ष देखि बागेश्वरी बागेश्वरी संगीतालय बुटवलले मनाउदै आएको कार्यक्रम यस बर्ष सप्ताह ब्यापी कार्यक्रमको आयोजना गरि मनाउने भएको छ मंगलबार पत्रकार सम्मेलन गरि उक्त कुरा जानकारी गराईएको थियो |
असार १ गते देखि ७ गतेसम्म बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईने बागेश्वरी संगीतालयका संचालक सुरेश सेन्चुरीले बताउनुभएको भएको छ असार १ गते भर्खर मात्र निर्माण सम्पान भएको ३५० अट्ने क्षमाता भएको सुबिधा सम्पान थीटर हलको समुद्घाटन संगै प्रदेश सरकार,स्थानीय सरकार,बिसिस्ट ब्याक्तिहरुको उपस्थितिमा सङ्गीतको बिकास महत्व को बारेमा मन्तब्य राखिने २ गते सङ्गीत सम्बन्धि अन्तरक्रिया कार्यक्रम र बिबिध सास्कृतिक कार्यक्रम हुने र ३,४,५,६ गते चर्चित स्थानीय र केन्द्रिय कलाकारको प्रस्तुति रहने र ७ गते सास्कृतिक कार्यक्रम सहित समापन गरिने आयोजकले जनाएको छ कार्यक्रममा सुरेस सेन्चुरी ,पत्रकार दिपक ज्ञवालीले मन्तब्य राख्नु भएको थियो |
पत्रकार ज्ञवालीले राज्यले गर्नुपर्ने काम एउटा सङ्गीतबिद्यालय र सुरेस सेन्चुरीको एक्लो प्रयासले गरेको र राज्यले पनि सङ्गीतलाई हेर्नु पर्ने तर त्यस्तो नभएको कुरामा जोड दिनुभएको थियो ्र कार्यक्रममा चर्चित गायक अर्जुन कौशल, एन्जिला रेग्मी, नेपाल आईडल १ कि फाईनालिस्ट सुजाता पाण्डे , सरिता पन्ती, अप्सर अलि डान्सर मनिसा नेपालि लगायत स्थानिय चर्चित कलाकारहरुको प्रस्तुति रहने छ ्र कार्यक्रमको संचालन सुसिल आचार्यले गर्नुभएको थियो |












