सैनामैना सैनामैना सुगन्ध महिला बचत तथा ऋण सहकारी संस्था सैनामैनाले छात्राबृत्ति वितरण तथा मृगौला पिडितलाइ सहयोग गरेको छ । सहकारीले बुधबार एक कार्यक्रमको आयोजना गरी ६ जना विभिन्न विद्यालयका विद्यार्थीहरुलाइ छात्राबृत्ति वितरण गरेको हो ।पर्रोहा माबिका गणेश जैसी,सैनामैना माविका सतिश खनाल,मलमला देवी माविकी भावना भट्टराइ,जनज्योती आधारभुत विद्यालयका रौनक सिंजाली,पश्चिम पर्रोहाका दिपक पराजुली र संस्थाको शेयर सदस्यका छोराछोरी मध्येबाट सिद्धान्त गौतमलाइ छात्राबृत्ति वितरण प्रदान गरिएको हो ।

यसैगरी संस्थाले शेयर सदस्य तारा कुंवर थापाका श्रीमान दान बहादुर थापालाइ आर्थिक सहयोग गरेको छ । संस्थाले मृगौला पिडित थापाको उपचारको थप सहयोग पुगोस् भन्ने उद्धेश्यले नगद ५० हजार ५ रुपैँया हस्तान्तरण गरेको हो ।सो अवसरमा बोल्दै सैनामैना नगर उपप्रमुख बिना रानाले सहकारीले बिद्यार्थीहरुलाइ छात्रावृत्ति दिइ विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने बताउनुभयो । सहकारीले समाज प्रतिको उत्तरदायित्व बहन गर्दै मृगौला पिडित थापालाइ सहयोग गरेको कार्य सर्हानीय रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रानाले महिलाहरु सहकारी मार्फत उत्पादनमा जोडिनुपर्ने उल्लेख गर्दै नगरपालिकाले प्रदान गर्ने सिपमुलक तालिमको सही सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।संस्थाका अध्यक्ष राधा सिंजाली सहकारीले आर्थिक क्षेत्रमा मात्र नभइ समाजका हरेक क्रियाकलापमा सक्रिय रहेर कार्यक्रमहरुको आयोजना गरेको बताउनुभयो । उहाँले मृगौला पिडितको उपचारमा केही राहत होस् भन्ने हेतुले आर्थिक सहयोग गरेको बताउनुभयो । कार्यक्रमममा साना किसान सहकारीका अध्यक्ष नरेन्द्र पोखरेल,चौतारी सहकारीका उपाध्यक्ष जग्गनाथ गौतम,शिक्षक इश्वरी घिमिरे लगायतले बोल्नुभएको थियो । यसैबिच सहकारीले बुधबारले सहकारीका शेयर सदस्यहरुलाइ स्वास्थ्य प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना २ कालिकाचोक बाबरी पार्टी प्यालेसमा भएको कार्यक्रमको संचालन व्यवस्थापक गंगा बस्यालले गर्नुभएको थियो ।













