सैनामैनामा उपभोक्ता हित संरक्षण सम्बिन्ध अभिमुखिकरण

प्रकाशित मिति:

१८ जेठ, सैनामैना । सैनामैना नगरपालिकाको आयोजनामा बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण सम्बन्धि अभिमुखिकरण तालिम शुक्रबारदेखि सुरु भएको छ । बजारमा अस्वस्थ प्रतिष्पर्धा र मापदण्ड बिपरित बिक्री बितरण बढ्दै गएकोले उपभोक्ताहरुको हित संरक्षणको लागि अनुगमनको आवश्यकता रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले नगरमा अस्तब्यस्त बजार रहेको बताउँदै ब्यवस्थित बनाइने र बजार अनुगमनलाई तिब्रता र निरन्तरता दिदै जाने बताउनु भएको छ।बजार अनुगमनको लागि कार्यविधि बनेको उँहाले जानकारी दिदै रणनितिक योजनाको साथ अनुगमन गरिने बताउँनु भयो । बजारको सुधारको लागि अवसर , नीति नियम बुझाउने र प्रभावकारी अनुगमन गरिने नगर प्रमुख कार्कीले बताउँनु भयो ।

उपभोक्ता हित संरक्षण सैनामैनाका उपाध्यक्ष दिनेश पन्थीले औषधी पसल देखि मासु पसल सम्मको अनुगमनको आवश्यकता रहको बताउनु भयो । औषधी पसलमा म्याद गुज्रेका औषधी प्रयोगमा आएको उँहाले बताउँदै किराना पसलमा मदिराजन्य बस्तु खुलियाम रुपमा विक्री वितरण हुँदै आएको बताउँनु भयो । सैनामैना उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर खड्काले उद्योगी ब्यवासायीलाइ सचेत बनाउँने काम भइरहको बताउँदै उपभोक्ताको हित संरक्षणको लागि बजार अनुगमन गरी उपभोक्तालाइ सचेतना दिनु पर्ने बताउँनु भयो । इलाका प्रहरी कार्यालय रन्यौंराका प्रहरी निरिक्षक केशब बस्नेतले समय समयमा बजार अनुगमन गरी अखाद्यय बस्तुलाइ नष्ट गर्न आवश्यकता रहेको बताउँनु भयो ।

सैनामैना वडा नंं ४ का वडा अध्यक्ष धन बहादुर कार्कीले बजारमा विकृत्ती बढ्दै गएको बताउँदै उपभोक्तालाइ गुणस्तरिय खाद्य पदार्थ उपभोग गर्नको लागि बजारमा अनुगमन आवश्यकता रहेको बताउँनु भयो । नगरका प्रमुख प्रशासिकय अधिकृत कृष्ण भण्डारीले बजार अनुगमन निर्देशिका २०७४ जारी भएको बताउँदै वडा स्तरबाट नै अनुगमन गरीने बताउनु भयो । प्रभावकारी अनुगमनको लागि नगरपालिकाले जनप्रतिनिधि ,प्रहरी , कर्मचारी , पत्रकारलाइ अभिमुखिकरण तालिम प्रदान गरको हो । कार्यक्रम सैनामैना नगरपालिकाका उप्रमुख बिना रानाको अध्यक्षतामा सञ्चालन गरिएको हो ।