शान्ति समाज रुपन्देहीले गोष्ठी आयोजना गरेर मनायो २४ औँ स्थापना दिवस

प्रकाशित मिति:

बुटवल -मानव अधिकार तथा शान्ति समाजको २४ औ स्थापना दिवस मनाएको छ । समाजको रुपन्देही शाखाले बुटवलमा अन्तरक्रिया आयोजना गरेको हो । ‘सन्दर्भ स्थापनाको २४ वर्ष  मानव अधिकार आन्दोलनमा नयाँ धार’ विषयक गोष्ठी आयोजना गरिएको थियो ।सो अबसरमा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले शान्तिसमाजको भूमिका परिबर्तनमा प्रशंसनिय रहेको बताए ।

सुवेदीले मानवअधिकार जीवनको अपरिहार्य र महत्वपूर्ण विषय भएको उल्लेख गरे । उनले मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसाको नारा बोकेर अघि बढेको इतिहास भएपनि अझै पनि बलियो भएर अघि बढ्न आग्रह गरे । शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले राज्यले मानवअधिकारवादी संघ संस्थाहरुलाई प्रयोग गर्ने गरेको गुनासो गरे ।उनले राजनीतिक दल र जनताकाबीचमा पुलको काम गर्ने मानअधिकारवादीहरुलाई चुपलागेर बसुन भन्ने सोच राख्ने सरकार अधिनायकवादी भएको दाबि गरे ।

एक विशुद्ध स्वयंसेवी संस्थाको रुपमा मानव अधिकार आन्दोलनमा अलग धारको रुपमा अघि बढेको संस्थाले राजनीतिक दलहरुलाई नै बलियो बनाएको उनको भनाइ छ ।काग्रेस महासमिति सदस्य युवराज गिरीले राज्य मानवअधिकार र स्वतन्त्रताको उपहास गर्ने तर्फ उदत देखिएको भन्दै चिन्ता व्यक्त गरे ।उनले जनताले स्वतन्त्रता, न्याय र समतामुलक राज्य व्यवस्थाका लागि लडेको भन्दै सरकार त्यो बाटोबाट च्युत भएको बताए ।नेपाल कम्युनिष्ट पार्टि ९नेकपा०का रुपन्देहीका सचिव नारायण जिसी निर्मलले द्धन्द्ध पछिका घट्नाहरु भन्दा मानवअधिकारको अवस्थामा केही सुधार भए पनि सन्तोष जनक अवस्था नरहेको बताए । उनले राज्यले जनताको मानवअधिकार र स्वतन्त्रताको विषयमा गंभिर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजका रुपन्देही सभापति डिपी खनालले मानव अधिकार आन्दोलनमा नया धारणा विषयक संस्थाको अवधारणा पत्र समेत प्रस्तुत गर्नभएको थियो ।उपसभापति कृष्णचौहान क्षेत्रीको स्वागत तथा सहसचिव कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा शान्ति समाजका पूर्व सभापति हरिष ढकाल,केन्द्रिय अनुशासन समितिका सदस्य लालहरि पाण्डे, केन्द्रिय प्रेस समितिका संयोजक बिष्णु भुसाल,प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल,रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी,एकल महिला तथा शहिद परिवार रितासेन ओली,राष्ट्रिय अपाङ्ग महासंघका सदस्य साबित्रा घिमिरे,उच्च अदालत बार बुटवलका अध्यक्ष खडानन्द भण्डारी,क्यान महासंघका उपाध्यक्ष रामुदेव गौतम लगायतले धारणा राख्दै शान्ति समाजको उज्वल भबिश्यको कामना गरेका थिए ।