रोटरी क्लव अफ बुटवलको १२६३ औ नियमित वैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल -रोटरी क्लव अफ बुटवलको १२६३ औ नियमित वैठक क्लब सचिवालय बुटवलमा सनिवार सम्पन्न भएको छ ।वैठकमा प्रमुख वक्ताको रुपमा आमन्त्रित नेपाल विद्युत प्राधिकरण वुटवल वितरण केन्द्रका कार्यालय प्रमुख संजय कुमार मिश्रले उपभोक्ताको माग अनुसार विद्युत आपुर्तिको लागि प्राधिकरण लागी परेको बताए ।

उनले निर्माण जारी रहेका अधिकांस जलविद्युत परियोजना अन्तिम चरणमा पुगिसकेकाले अव विद्युतको समस्या नहुने उनको भनाई थियो ।कार्यालय प्रमुख मिश्रसंग रोटरीयन मणिरत्न पाण्डे, जेपी कडेल, श्रृष्टी गुरुङ, आमोद सिमंगैडा लगायतले जिज्ञासा राखेका थिए । सर्भिस प्रोजेक्ट चेयर वोनिन पिया वोनिन पियाको अध्यक्षता , रोटरीयन जेपि कडेको स्वागत तथा सचिव दया भण्डारीको संचालनमा भएको कार्यक्रममा रोटरीयन लोकनाथ भूसालले धन्यवाद ज्ञापन गरेका थिए ।

इलेक्ट प्रेसिडेण्ट डिल्लीकुमार श्रेष्ठले प्रमुख वक्ताको वायोडाटा प्रस्तुत गरेका थिए । सो अवसरमा रोटरीयन रुक्मागत पुरी, राजेन्द्र वहादुर जिसी, संगिता गौतम, माधव पौडेल, हुतानन्द खनाल, जेपी कडेल, वोनिन पियाको हर्षवढाई गरिएको थियो ।