आगलागी पिडितलाई राहत बितरण

प्रकाशित मिति:

गैडहबा-गैडहवा गाउँ पालिका वार्ड नम्बर २ खडैचवामा गत जेठ २३ गते भएको आगलागीबाट पिडित घर परिवारलाई खाध्यान्न तथा राहत बितरण गरिएकोछ।

भैरहवा निवासी दानबीर श्रीमती रमिता थापा मगर,श्रीमती पुजा न्योपाने र श्रीमती रिया शर्माले आगोलागीबाट पिडित भएका पिडितहरुको गाउमै उनिहरुलाई लत्ताकपडा ,खद्दान्य र नगद लगायत राहत समाग्री बितरण गरेका हुन।स्थानिय समाजसेबी मोहम्मद इस्लामको संयोजनमा आगलागी पिडितहरु राम कुमार धोबी,रामजीत धोबी,सन्जीत धोबीको घरमा पुगी , गैडहबा गाउपालिका वार्ड नं।२ का वडा अध्यक्ष श्री तुलबहादुर पुन, इलाका प्रहरी कार्यलय,सुर्यपुराका प्रमुख श्री जीवलाल चुडाली, स्वास्थ्य चौकीका अहेव श्रीचन्द्रकमल दुबे,अब्दुल हाईको उपस्तिथिमा राहत बितरण गरिएको हो।

राहत बितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तुल बहादुर पुनले पिडित घरपरिवारलाई गाउपालिकाको तर्फबाट पनि सहयोग प्रदान गरिने बताउदै राहत उपलब्ध गराउने रमिता थापा मगर,श्रीमती पुजा न्योपाने र श्रीमती रिया शर्मालाई धन्यबाद ब्यक्त गर्नु भएकोछ।यस्तै समाजसेबी मोहम्मद इस्लामले प्राकृतिक प्रकोप तथा बिपत्ती कुनै बत्ती बालेर नआउने भएकोले विभिन्न प्रकोपहरुबाट बच्नु पर्ने र आगलागीबाट घरबार बिहिन भएका परिवारहरुलाई गाउमै आएर राहत बितरण गर्नु आफैमा ठुलो धर्म भएको बताउदै दानबीरहरु प्रति आभार ब्यक्त गर्नु भएकोछ।गत जेठ २३ गते राम कुमार धोबी,रामजीत धोबी,सन्जीत धोबीको घरमा दिउसको समयमा एक्कासी आगो लागेर तिन घरपरिवारको घर गोठ जलेर घरमा भएका लत्ता कपडा,खाध्यान्न तथा नगद जलेर नष्ट भएको थियो।आगलागि भए लगत्तै स्थानिय समाजसेबी मोहम्मद इस्लामले सामाजिक सञ्जाल फेसबुक मार्फत राहतको लागि आव्हान गर्नु भएको थियो।