कञ्चन सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन रुपन्देहीको आयोजना तथा नेपाल मेला महोत्सव संघ,काठमाण्डौको ब्यबस्थापन र कञ्चन गाउपालिकाको आर्थिक सहयोगमा गत १७ गते देखि कञ्चनको सुनगाभा, हर्नाचौरमा संचालित उधोग,व्यापार,पर्यटन तथा कला संस्कृतिको संरक्षण सम्बर्धनका लागि प्रथम कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सब २०७६ को हिजो नवौं दिन पनि जारी रह्यो ।
हिजोको कार्यक्रममा नेपाल आइडियलका सागर आलेको प्रस्तुति थियो ।सुनगाभा हर्नाचौर शान्तीपार्क निर्माणार्थ संचालित महोत्सवमा सागर आलेले लोक तथा आधुनिक पप गितहरु गाएर आफ्ना दर्शक तथा श्रोताहरुलाई भरपुर मनोरञ्जन दिन सफल भएका थिए।हिजो सागर आलेको प्रस्तुती हेर्न दर्शकहरुको निकै भिड रहेको र मेला स्थलमा दर्शकहरुको अत्याधिक भए पछि आयोजकले सांझ ७ बजे नै टिकट बन्द गर्नु परेको आयेजक समितिका खेम क्षेत्रीले जानकारी दिनु भएको छ ।सागर आलेले गाउन थाले पछि आलेका फ्यानहरुले आले संग नाच्न र आले संग अटोग्राफ लिन आयोजकलाई समय मागेका थिए । तर समय अभाव भएकोले समय ब्यबस्थापन गर्न नसकिएको आयोजकले जनाएको छ । शुरुका केही दिनहरुमा बाहेक दिनहु दर्शकहरुको संख्या बढ्दै गैरहेको र स्टलहरुमा पनि राम्रो ब्यापार भएको संगम नर्सरीका प्रोप्राइटर नेत्र प्रसाद रोकाले बताएका छन। हिजो सागर आलेले सालैजो,ठाडो भाका र आधुनिक पप गितहरु गाएर दर्शकहरुको मन जित्न सफल भएका थिए ।
यसैगरी लोक गायक दीपु मगरको पनि बिशेष प्रस्तुति रहेको थियो ।दर्शकहरुको उत्साहजनक उपस्थितिले ब्यबसायीहरुलाई थप उर्जा मिलेको र आधुनिक प्रबिधिका झ्याल ढोकाहरुको माग भएको मेलाका एक ब्यबसायी पुष्पराज सापकोटाले बताउनु भएको छ।सापकोटाका अनुसार हिजो आठौं दिन करिब दश हजार दर्शकहरुले मेला अवलोकन गरेको बताउनु भएको छ। बिशेष गरी एक खुट्टाले नाच्ने सिता सुबेदीको नृत्य हेर्न र उनलाई हौसला प्रदान गर्न पनि दर्शकहरुको भिड भएको मेला हेर्न गएका एक दर्शकले बताएका छन ।महोत्सबमा हिजो देखि प्रथम कञ्चन डान्स प्रतियोगिता पनि शुरु भएको छ । हिजो भएको पहिलो चरणमा भएको प्रतियोगितामा १८ जना प्रतियोगिहरुले सहभागिता जनाएकोमा ९ जनाले आफ्नो नृत्य प्रस्तुत गरेको र आज थप नौ जनाले नृत्य प्रस्तुत गर्ने आयोजक समितिका उपाध्यक्ष खेम क्षेत्रीले बताउनु भएको छो । प्रतियोगितामा प्रथम हुनेले रु।२५ हजार,दोस्रो हुनेले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार र मेडल तथा प्रमाण पत्र पाउनेछन ।मेला जेठ ३२ गते सम्म संचालन हुने मेलामा अहिले सम्म लोक तथा दोहोरी गायक भोजराज काफ्ले,नन्दु श्रीस,सागर आले, दुर्गेश थापा लगायतले सहभागिता जनाइसकेका छन भने आज भने लोक तथा दाहोरी गायक शर्मिला श्रोष्ठ,सरु गौतम र बल्छी धुर्बे लगायत स्थानिय कलाकाहरुको प्रस्तुति रहनेछ । मेलामा लोक तथा दोहोरी गायक पशुपति शर्मा,बद्री पंगेनी,ज्योति मगर,शर्मिला श्रेष्ठ लगायत आउने आयोजकले जनाएको छ ।












