प्रथम कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सब सम्पन्न

प्रकाशित मिति:

कञ्चन/जगिलाल थापा –उधोग,व्यापार,पर्यटन तथा कला संस्कृतिको संरक्षण सम्बर्धनका लागि कञ्चनको सुनगाभा, हर्नाचौरमा संचालित प्रथम कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सब २०७६ सम्पन्न भएको छ।

सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन(४,रुपन्देहीको आयोजना तथा नेपाल मेला महोत्सब संघ,काठमाण्डौको ब्यबस्थापनमा गत जेठ १७ गते देखि संचालन भएको महोत्सबको समापन कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गर्नु भएको हो। राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत सांगेतिक प्रस्तुती रहेको महोत्सबमा प्रथम कञ्चन डान्स आइडियल प्रतियोगिता पनि संचालन भएको थियो।उक्त प्रतियोगितामा सुनगाभा एक्स आर्मी गल्स च्याम्पियन भएको छ भने श्री कुमारी सिस्टर दोश्रो हुन सफल भएकोछ।यसैगरी सञ्जु क्षेत्री तेश्रो भएका छन भने दीक्षा श्रीस र धनमाया थापा सान्त्वना भएकाछ।प्रतियोगितामा च्याम्पियन हुने सुनगाभा एक्स आर्मी गल्सले नगद रु।२५ हजार र मेडल तथा प्रमाण पत्र प्राप्त गरेकोछ भने दोश्रो हुने कुमारी सिस्टरले १५ हजार र मेडल र तेश्रो हुने सञ्जु क्षेत्रीले १० हजार र मेडल प्राप्त गरेका छन।प्रतियोगितमा १७ जना प्रतियोगिहरुले सहभागिता जनाएका थिए।सांझको मेलाको उपमा पाएको महोत्समा कृषि तथा खाध्य र बिधुतिय सामग्रीहरुको १ सय १० स्टल रहेको महोत्सबमा बालउधान,झुला,डुंगा लगायतका मनोरञ्जनका सामग्रीहरु समेत राखिएको थियो।मेलामा करिब एक लाख दर्शकहरुले मेलाको अवलोकन गरेको मेला ब्यबस्थापनका लागि नेपाल मेला महोत्सब संघका दीपक दाहलले जानकारी दिनु भएकोछ।त्यस्तै मेलामा अपेक्षा गरे अनुसार नै आर्थिक कारोबार भएको समेत दाहालले जानकारी दिनु भएकोछ।मेलामा करिब डेढ करोड बराबरको कारोबार भएको छ।

बर्षाको समयमा मेला आयोजना गर्दा सफल भैदैन कि भन्ने लागेको थियो तर निकै उत्साह जनक दर्शकहरुको सहभागिताले थप उर्जा मिलेको मेला संयोजन समितिका संयोजक किरन के।सी।ले मेलाको अनुभव सुनाउनु भएकोछ। १७ दिनको मेलामा कुनै अप्रिय घटना घटेन र निकै शान्तीपुर्ण रुपमा मेला ब्यबस्थापन भएको र मेलालाई भव्य र सभ्य बनाउन नेपाल प्रहरी,शसस्त्र प्रहरी र विभिन्न संघ संस्थाहरुको सहकार्यमा दैनिक २०र२५ जना स्वयम् सेवक परिचालन गरिएको स्वयम् सेबक परिचालन समितिका संयोजक भिम के।सी।ले बताउनु भएकोछ।सुनगाभा हर्नाचौर शान्तीपार्क निर्माणकालागी संचालित मेलालाई सफल बनाउन कञ्चन गाउपालिकाको सहयोग रहेको मेलामा जेष्ठ नागरिकहरुलाई प्रबेश निशुल्क गरिएको थियो।महोत्सबको समापन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीलेआगामी समयमा कञ्चन महोत्सबलाई कञ्चनको गहनाको रुपमा बिकास गर्दै लैजाने र कञ्चनको पर्याप्रयटनको बिकासको लागि गाउपालिकाले सदैब सहकार्य गरि अघि बढ्ने बताउनु भएकोछ।मेला संयोजन समितिका संयोजक किरन के।सी।को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेला संयोजन समितिका सह संयोजक खेम क्षेत्रीले महोत्सबलाई भव्य र सभ्य रुपमा आयोजना गरि सफल रुपमा सम्पन्न गर्न सहयोग गर्ने स्टल ब्तबसायी,उध्योगी,विभिन्न राजनैतिक दल,विभिन्न संघ संस्था,आर्थिक सहयोग तथा नैतिक सहयोग गर्ने ब्यबसायिक फर्म,समाजसेबी,बुद्धिजिबी,बिभिन्न उपसमितिमा रहेर काम गर्ने स्वयमसेबक,नेपाल प्रहरी,शसस्त्र प्रहरी बल,रुद्रपुर स्वास्थ्यचौकी,नेपाल मेला महोत्सब संघ,काठमाण्डौ,स्थानिय संचारकर्मी लगायतलाई धन्यबाद दिनु भएकोछ। हिजो अन्तिम दिन गित तथा संगितकार लोक तथा दोहोरी गायक वसन्त थापाको विशेष प्रस्तुती रहेको कार्यक्रमको संचालन हिमा बेलबासे,सुरज थापा,ईन्दु बर्देवा र प्रेम रानाले गरेका थिए।