सैनामैनामा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

प्रकाशित मिति:

नरेश चौधरी -सैनामैना/सैनामैना नगरपालिकाले आज सैनामैनामा रहेका विभिन्न विद्यालयहरुमा शैक्षिक, खेलकुद तथा विद्यार्थीहरुले लगाउने कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । नगरभित्र रहेका राष्ट्रिय मा। वि।, सरस्वती मा।वि। जनज्योति अधारभुत विद्यालय र जनचेतना आधारभुत विद्यालयलाई उक्त समाग्री वितरण गरिएको हो ।

गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागि शैक्षिक, खेलकुद र जाडोमा लागउने कपडा लगाएतका अतिरिक्ता क्रियाक्लपका लागि अवश्यक सामाग्री वितरण गर्दै नगर प्रमुख कार्कीले शैक्षिक गुणस्तर कायम राख्न सामुदायिक विद्यालय अग्रसर हुनु पर्ने र नरपालिका सधै सो कुरामा सहयोग गर्ने र यस खालको कार्य नगर भित्र अगामी दिनमा पनि जारि राख्ने बताउनु भयो ।

प्रत्येक विद्यालयका प्रध्यनध्यपकहरुलाई उक्त समाग्री हस्तन्तरण गर्दै नगर प्रमुख कार्कीले वार्षिक कार्ययोजना अनुसार समाग्री वितरण गर्दै जाने समेत बताउनु भयो । सम्बन्धित विद्यर्थीहरुलाई उक्त समाग्री प्रदान गरिदिन पनि सम्पुर्ण विद्यालयका प्रध्यनध्यपकहरुलाई उहांले आग्रह गर्नु भयो । च्यारेटि अर्गनाइजेशन चिनले प्रदान गरेको शैक्षिक, खेलकुद तथा जाडोमा लगाउने लगाएत अतिरिक्त कृयाक्लपका सामाग्री वितरण गरिएको हो ।