बुटवलमा बम विस्फोट,, विस्फोटको आवाजले बुटवल बासी त्रसित

प्रकाशित मिति:

बुटवल स्थित भारतीय भूपूसैनिक क्यामपमा बम विस्फोट भएको छ । विस्फोटबाट क्याम्पको शौचालयमा क्षती भएको हो । विस्फोटले मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ । उक्त विस्फोटको आवाज बुटवल बजारभरि सुनिएको थियो । विस्फोट कसले र किन गराएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।