बुटवल-उद्योग व्यापार संघ बुटवलको प्रथम स्थापना दिवशको अवसरमा बुटवल ८ स्थित मानव सेवा आश्रममा इलेक्ट्रीक तथा सेनेटरीको सामग्री प्रदान गरिएको छ ।संघले शुक्रवार स्टेन पंखा ३ थान, सिलिङ पंखा ३ थान तथा फिनेल ६ लिटर, हर्पेक २४ पिस, हेण्डवास ६ पिस, सावुन १ दर्जन डाईपर २ पाकेट आश्रमलाई प्रदान गरेको महासचिव विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।
गर्मीमा लगाउने टिसर्टको अभाव देखिएकाले ५० प्रति टिसर्ट उपलव्ध गराउने संघले जनाएको छ । अध्यक्ष प्रविण पाठकले आश्रमका अभिभावक शेरवहादुर गौतम र संचालक सरु अधिकारीलाई ति सामग्रीहरु हस्तान्तरण गरेका थिए ।कार्यक्रममा संघका पदाधीकारी सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संयोजक तथा कार्य समिति सदस्य अन्जु पाण्डेले आश्रममा गर्मीको समयमा पंखाको आवश्यकता देखेर सहयोग गरेको बताईन । संघले स्थापना दिवशमा शुक्रवार विहान शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियने भने केक काटेर हर्षबढाई गरेको थियो ।कार्यक्रममा नेपाल राष्ट्यि उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य एवं प्रेदशका महासचिव खिमनारायण पराजुली, केन्द्रिय सदस्य खेम श्रीस, राष्ट्यि उद्योग व्यापार संगठनका पुर्व उपाध्यक्ष सिताराम रसाईली, संघका अध्यक्ष प्रविण पाठक, उद्योग उपाध्यक्ष गोविन्द गैरे, महासचिव विष्णु प्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विगत लामो समयदेखी नेपाल राष्ट्यि उद्योग व्यापार संगठन बुटवल रुपन्देहीबाट संचालनमा रहेकोमा महासंघको अवधारणा अनुसार संघ एक वर्ष अघि स्थापना भएको हो ।












