बुटवल – ‘ परिवर्तनका लागि हाम सबै एक ‘ हौँ भन्ने मुल मन्त्रका साथ अघी बढेको सामाजिक संथा हाम्रो असल छिमेकी नेपालको साधारण सभा तथा प्रथम अधिबेशन असार १४ गते शनिबारको दिन हुने भएको छ । सामाजिक कार्यमा आग्रहणी भूमिकामा रहेको हाम्रो असल छिमेकीले जनजनको समस्यालाई सहयोग र शाहअकार्य संगै सामाजिक कार्यमा निकै अग्रसर छ ।
संथाका अध्यक्ष शंकर खनाल र महासचिब राजु खत्री द्वारा हस्ताक्षरित बिज्ञप्तीमा क्लबको अधिबेशन सम्पन्न गर्नका लागि सम्पूर्ण साधारण सदस्य , अैवन सदस्य मानार्थ सदस्य, पत्रकार , समाजसेवी र शुभचिन्तक सबैको उपस्थितीको लागि अपिल समेत गरेको छ ।
असार १४ गते बुटवल – ११ देबिनगर स्थीत इमिनेन्ट एडुकेसनको सभाहलमा बिहान १० बजेबाट हुन थालेको साधारण सभा एबम अधिबेशनका लागि छिमेकीको तर्फ बाट सबै सहयोगी सुबेच्छुकहरुलाई निम्तो गरेको र बिभिन्न कारणबस जानकारी नपुगेको भए यही सुचनालाई अधिकारिकमानी उपस्थित हुन छिमेकीका कार्यसमिती सदस्य नारायण पोख्रेलले सबलपोस्टलाई जानकारी दिए ।













