रुपन्देही । नेपाली कांग्रेसका युवा नेता हरि न्यौपानेलाइ पत्नी शोक परेको छ । तिलोत्तमा ५ शिबपुर निवासी न्यौपानेको जीवनसंगीनी सिता न्यौपाने पोखरेलको आज असामयीक निधन भएको हो । ४३ बर्षिय न्यौपाने लामोसयमदेखि मृगौला रोगबाट पिडित हृनुहुन्थ्यो । भैरहवा मेडिकल कजेजमा उपचारको क्रममा उहाको निधन भएको हो । उहाका २ छोरी रहेका छन् । कांग्रेसका युवा नेता न्यौपाने गत निर्बाचनमा प्रदेशसभाका लागि रुपन्देही क्षेत्र न १ ख बाट उम्मेदबार बनेका थिए । मृतक न्यौपानेको पार्थीब शरिरमा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिनुभएको छ ।












